प्रकृति

प्रेमीकाको म्रित्युमा धुरुधुरु रुन्छन् चरा

अप्रिल ३, २०१०

धेरैले भन्छन्-चरा, जनवार र अन्य जिवजन्तुको भावना हुँदैन। दिमाखपनि हुन्न । तर मानिसका ति बिचार झुठा हुन् भन्ने प्रमाण हो यो । गौथलीहरुले अन्तिम अवस्थासम्मपनि बचाउने प्रयास गर्ने रहेछन्, दुखमा परेकी प्रेमीकालाई । दुखाई र पीडाले छट्पटाएकीलाई...

छोरी पाउन मरिहत्ते

फ्रेब्रवरी २१, २०१०

नेपाल, भारत, भुटान, पाकिस्तान लगायत दक्षिण एशियाली मुलुकमा त छोरा पाउन मरिहत्ते गर्छन् नै । जतिसुकै बिकसित भनेपनि पश्चिमी मुलुकमा समेत अहिलेसम्म छोरा पाउन चाख राख्नेको संख्यानै तुलनात्मक रुपमा बढि छ । तर थुप्रै चराका जाती भने...

न पासपोर्ट न भिसा, अष्ट्रियाको पार्कमा नेपाली जंगे

जनवरी १९, २०१०

बिदेश उड्न पासपोर्ट र भिसा नै नभई पाइन्छ ? तर उ उड्यो । पश्चिमी मुलुकको भिसाका लागि यति बिघ्न कडाइ हुँदा उसलाई केहि चाहिएन । बरु नेपाली अधिकारीहरुनै दौडे उसको लागि अष्ट्रिया उड्ने कागज बनाउन । विमानस्थलमा...

जलवायुसँग पनि बेईमानी ?

डिसेम्बर १७, २००९

-अकेला अमेरिकाको जुम्ल्याहा टावरमाथिको आतङ्की हमला, जो जो नाईन एलेभनले बदनाम छ, त्यसबाट अत्तालिएको अमेरिकाले आतङ्कवादको र्सवनाशका निम्ति नसोध्नुस कि केसम्म गरेन ? तेलका कुवाहरु हात पार्न ठालुहरुले खाडीमा युद्धको ताण्डव मात्रै मच्चाएनन् बल्कि आजका मितिसम्म युद्धको...

सेक्सको आनन्द लिएपछि क्वाप्ल्याक्कै

सेप्टेम्बर १८, २००९

         (सेक्सको आनन्द लिईसकेपछि भालेलाई निल्दै पोथी) कति निर्दयी ! कति स्वार्थी । भालेलाई फकाएर ल्याउने । मज्जाले सेक्सको आनन्द लिने । सन्तुष्टि पुगेपछि अनि त्यहि भालेलाई क्वाप्ल्याक्कै निल्ने । कति बिघ्न स्वार्थी यो माकुराको संसार ।...

भर्खरै उड्लान जस्ता सन्जु शाहीका चरा कला

सेप्टेम्बर १७, २००९

-रुपेन्द्र कर्माचार्य/चितवन चराहरु स्वतन्त्र रुपमा आकाशमा उड्छन् । कोही घना जङ्गलमा बस्न रुचाउछन् त कोही नदी, नाला र ताल तलैयामा । चराहरु विविध रङ्ग, प्रकृति र आकार प्रकारका हुन्छन् । स्वच्छन्द रुपमा रमाउने प्रकृतिका यि सुन्दर रचनाहरुलाई...

बाघको वस्तीमा उपचार गराउँदै पीडाले छट्पटाएकी मेलकली

सेप्टेम्बर १०, २००९

-कपिल प्रसाद पोख्रेल (फोटो, आलेख दुबै)/सौराहा जङ्गल र जङ्गली जनावरहरुको अध्ययन, अनुसन्धान गर्ने कार्य रोमाञ्चक मात्र हुँदैन, कठिन र जोखिमपूर्ण पनि हुन्छ । घना जङ्गल छिचोलेर वन्यजन्तु, चराचुरुङ्गी र वनस्पतीको अवलोकन र अध्ययन गर्ने क्रममाले सताउँछ ।...

पिसाब तुरुक्क नपारी साथी चिन्दैनन् हात्ती

सेप्टेम्बर ७, २००९

आँखाले प्रष्टै देख्छन् । कान छन् नाङ्ला जत्रा मजाले सुन्छन् छिस्रिक्क गरेपनि । स्मरण शक्ति त झन् यति तगडा हुन्छ कि चार पाँच वर्षको उमेरमा हजुरआमासित एक पटक हिँडेको जंगलको बाटो ५० वर्ष पछिपनि ठ्याक्कै संझन्छन् ।...

थरिथरिका गित गाउने बढि कामुक

अगस्ट ३१, २००९

घर वरिपरि फ्यार्र फ्यार्र गर्छन् भँगेरा । आँगनमै रमाउँछन् । दलिनमै चमचम गर्दै आउँछन् । च्युँ च्युँ कराएको ख्यालपनि हुन्छ । लखेटा लखेट गरेको पनि देखिन्छ । तर यिनले हाम्रै आँखा अगाडि, हाम्रै आँगनमा प्रेमको उपद्रो मच्चाएको...

गोलार्ध तातेर हिमाली जिवजन्तु खतरामा

अगस्ट १४, २००९

               एक दशकमा ३५० प्रजातीका नयाँ जिव फेला परे  गत दश वर्षमा बैज्ञानिकहरुले नेपाल लगायतका पूर्वी हिमाली क्षेत्रमा ३५० थरीका जिवजन्तु फेला पारे । ति मध्ये ५३ प्रजातीका त नेपालमै फेला परेका हुन् । फेला परेका २४२...

1 15 16 17 18 19 22