सेक्सको आनन्द लिएपछि क्वाप्ल्याक्कै
(सेक्सको आनन्द लिईसकेपछि भालेलाई निल्दै पोथी)
कति निर्दयी ! कति स्वार्थी । भालेलाई फकाएर ल्याउने । मज्जाले सेक्सको आनन्द लिने । सन्तुष्टि पुगेपछि अनि त्यहि भालेलाई क्वाप्ल्याक्कै निल्ने । कति बिघ्न स्वार्थी यो माकुराको संसार । अष्ट्रेलियन रेड ब्याक स्पाईडर भनिने माकुराको जिवन भन्नु नै सेक्स र म्रित्यु हो । ति भाग्यमानी रहेछन् भने सेक्स जिवनको मजा केहि समय लिन पाउँछन् । नत्र पहिलो पटककै अनुभवमा जिवन समाप्त हुन सक्छ । किनभने जो सित आनन्द लिन र दिन आउँछन् त्यसको अर्थात पोथीको शिकार बन्छन् भाले ।
अनुसन्धानहरुबाट ८३ प्रतिशत भालेको म्रित्यु त सेक्स गर्न आउँदा नै समाप्त हुने देखिएको छ । सफलतापूर्वक सेक्स गरेर बाबु बन्नको लागि भालेहरु एकदम छिटो बयस्क बन्नु पर्छ । अरु भालेले मौका पाउनु अघिनै आफुले स्वाद लिनकालागि । आफ्नो वरिपरि कति वटासँग संभोगका संभावना छन् भन्नेमा भर पर्छ । पोथीको सामिप्यमा पुग्न आफु पहिलो हुन खोज्छन् भालेहरु । त्यसैले उसले संभावित पोथी खोज्दै हिँड्नुपर्छ । फेरि चाख लाग्दो कुरो के छ भने सेक्सकालागि तयार पोथी नजिक छ भने भाले एकदम छिटो बयस्क बन्छन् । मौकाको संभावना क्षीण भयो भने अरु पोथीका खोज्न अझ टाढाको यात्रामा भौतारिन्छन् ।
सेक्सको बेलामा भालेहरु पोथीका मुखतिर जान्छन् आफ्नो शुक्रकिटहरु स्थानान्तरण गर्न । तिनले पोथीको मुखको भागहरुमा छोड्न खोज्छन् । त्यस्तो बेला धेरै पोथीले भालेलाई निलिदिन्छन् । त्यसरि निलिदिने पोथीहरुले अरु भाले आएपनि प्राय आफुलाई तयार बनाउँदैनन् । त्यसरि नजिक आउने भालेले सेक्सको आनन्द लिन नपाएपनि भएका सबै बच्चाको हेरचाह गर्छ । कति अभागि त्यस्ता भाले ! आफुले सेक्सको आनन्द लिन पनि नपाउनु । अनि भएका सबै बच्चाको हेरचाह अनि गर्नु !!
एकै पटकको संभोगबाट प्रत्येक महिना पोथीले सय देखि ३०० वटासम्म फुल पार्न सक्छे हरेक बेतमा । त्यसरि पोथीले लगातार दुई वर्षसम्म पाउन सक्छे । एक पटक संभोग गरिसकेपछि पुन संभोग गर्ने संभावना पोथीहरुको ज्यादै न्युन हुन्छ । पोथीले संभोग गरेर भालेबाट आवश्यक शुक्रकिटहरु लिईसकेपछि भालेलाई महत्वनै दिँदैनन् आहाराको रुपमा बाहेक । अनि पोथीले भालेलाईनै खाइदिन्छन् र त्यसले प्रजननमा भूमिका खेल्छ । अधिकांश माकुराको जातमा भालेहरु पोथीभन्दा साना हुन्छन् । अष्ट्रेलियन रेडब्याक माकुरामापनि त्यहि हो । पोथीभन्दा भाले १०० देखि २०० गुणा साना हुन्छन् । त्यसैले पोथीले भालेलाई आहारा भन्दापनि चटनी जस्तो त्यत्तिकै निलिदिन्छन् ।
प्राय भालेको जिवन आठ हप्ता जतिको हुन्छ । यो अवधिमा पोथीको आहारा नबनी बच्चा हुर्काएर बस्न पाउने २० प्रतिशत मात्रै संभावना हुन्छ । संभोगको बेला पोथीको चटनी बन्नु भालेहरुको लागि खासै ठुलो कुरा बन्दैन । आफ्नो वंश जोगाउन भालेपनि कति बाठा ! आफुले संभोग गरिसकेपछि अर्को भालेले नगरोस वा उसका शुक्रकिटहरु पोथीले नलियोस भनेर पहिलो भालेले पोथीको गुप्तांगमा बिर्को लगाइदिन्छ । (फोटो नेशनल ज्योग्राफिकबाट साभार गरिएको हो-नेपालप्लस) ।






