पेरिस र वरिपरिका केहि क्षेत्रमा मास्क फेरि अनिवार्य

कोरोना भाईरसका रोगीहरुको संख्या बढ्दै गएपछि पेरिस र यो वरिपरिका केहि क्षेत्रमा आज सोमबार देखि मास्क अनिवार्य गरिएको छ । कोरोना भाईरसको दोस्रो छाललाई रोक्न भन्दै पेरिस र यस वरपरका सँ दनि, ओत द सेन, भाल द मार्न र भाल द्वाजमा अनिवार्यरुपले मास्क लगाउनुपर्ने नियम बनाइएको हो ।

कोरोना भाईरस बिरुद्द रोकथाम गर्न राजधानी पेरिसको इल द फँस क्षेत्रलाई सरकारले सुद्रिढ गर्न खोजिरहेको छ । नागरिकहरु बढि जमघट र भिडभाड हुने क्षेत्रमा विशेष सतर्कता अपनाउने र केहि बाध्यकारि नियम बनाउन खोजिरहेको छ । “मानिसहरु धेरै भिड लाग्ने केहि सिमित ठाउँमा सोमबारदेखि मास्क लगाउनु अनिवार्य गरिएको छ” प्रहरी प्रधान कार्यालयले निर्देशन जारि गरेको छ ।

प्रहरीले कुन कुन क्षेत्रमा बढि निगरनी गरिने, मास्क अनिवाय लगाउनुपर्ने र स्तर्क रहनुपर्ने भन्ने नक्शा जारि गरेको छ । त्यस नक्शा अनुसार सेन नदीको किनार, मोंमार्त, सँ मार्ताँ क्षेत्रको नगरको छेउ छाउ र ला भिलेतलाई बढि निगरानी गरिने छ । त्यसैगरि प्रहरीले पुस्तकालय, धेरै सिनेमाहल भएका क्षेत्र, ठूला सुपर मार्केट र अन्य विशेष खाना, पर्यटकिय आकर्षणका कारण भिड लाग्ने क्षेत्रमापनि निगरानी बढाउने छ ।

यसैबिच पेरिस नगरपालिकाकी प्रमुख आन हिदाल्गोले एक बिज्ञप्ती जारि गर्दै सोमबार साँझ ८ बजेदेखि ११ वर्ष माथिकाले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने उल्लेख गरेकि छन् । “हाम्रो वरिपरि अझैपनि कोरोनाका भाईरसहरु चलमाईरहेका छन् । त्यसैले नगरपालिकाको निर्देशन अनुसार मास्क लगाउनु अनिवार्य छ” बिज्ञप्तीमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया