फ्रान्समा गर्मी बढेपछि गाडी नचलाउन सुझाव

फ्रान्समा आज शुक्रवार यो वर्षको सर्वाधिक गर्मी बढेको छ । आज फ्रान्सका केहि क्षेत्रमा ४५ डिग्री सम्म तापक्रम पुगेको छ । गर्मी अत्यधिक बढेकाले सरकारका अधिकारीहरुले केहि क्षेत्रमा गाडी नचलाउन, सुरक्षित रहन सुझाव दिएका छन् ।

फ्रान्सका खासगरि छ वटा राजमार्गहरुमा गाडि सकेसम्म नचलाउन अनुरोध गरिएको छ । अधिकारीहरुले भोली शनीबारपनि तापक्रम उच्च हुने बताउँदै यस्तो सुझाव दिएका छन् । राजधानी पेरिस शहरको प्रान्त इल द फँसलाई मौसमका हिसाबले कालो श्रेणीमा बर्गिक्रित गरिएको छ । यो भनेको खतराको सूचक हो ।

सडकका ट्राफिक सूचना पाटीहरुमा अत्यन्त सतर्क अपनाउन सचेत गराइएको छ । इलेक्ट्रिक सूचना पाटीहरुमा ‘सतर्क रहनुहोस, तापले गर्दा दूर्घटना हुन सक्छ । प्रशस्त पानी पिनुहोस । गति सिमित गर्नुहोस । सवारी चलाउने क्रममा बेला बेलामा रोकेर आराम गर्नुहोस’ लेखिएका पाटीहरु झुण्ड्याइएको छ ।

फ्रान्सका छ वटा प्रान्तलाई रातो र केहि प्रान्तलाई सुन्तला रङमा राखिएएको छ । रातो रङमा परेकाहरु खतराको उच्च जोखिममा छन् भने सुन्तला रङमा राखिएकाहरुमा उच्च सतर्कता अपनाउन भनिएको छ । यातायात कम्पनीहरुले सतर्कता केन्द्र स्थापना गरेका छन् । अस्पत्ताल र आपतकालिन सेवाहरुलाई सतर्क रहन आव्हान गरिएको छ । ब्रिद्दब्रिद्दा निवासमा विशेष ध्यान दिन निर्देशन गरिएको छ ।

गर्मीको यहि बेला आगलागी हुनसक्ने भन्दै अर्को चेतावनी दिइएको छ । अग्नी नियन्त्रकहरुलाई ब्यापक तम्तयारी अवस्थामा राखिएको छ । गर्मीका वा धुपका बेला बाहिर ननिस्कन, घरका झ्याल ढोका बन्द गर्न र पानी निरन्तर पिउन भन्दै सामाजिक र राष्ट्रिय मेडियाबाट निरन्तर आव्हान गरिएको छ ।

तपाइँको प्रतिक्रिया