पत्रकार बानिया म्रित फेला परे !

सोमबारदेखि हराईरहेका कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानिया म्रित फेला परेका छन् । मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा उनको शव भेटिएको अपराध अनुसन्धान महाशाखालाई उल्लेख गर्दै नेपाली मेडियाहरुले सार्वजनिक गरेका छन् ।

बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवार र कान्तिपुर कार्यालयले खोजि गरेको थियो । उनको परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो ।

अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषण गरेर खोजि थलेको थियो। उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेउबाट स्वीच अफ भएको थियो ।

अनुसन्धान अधिकृतका अनुसार पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखापरेका थिए । बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो । कान्तिपुर दैनिकका अनुसार त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनि गएको देखिएको थियो । बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका थिए । तर पानीको अत्याधिक वहाबले गर्दा उद्धार गर्न सकेनन् । त्यसबेला उनको पहिचान खुल्न सकेको थिएन ।

पत्रकार बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।

तपाइँको प्रतिक्रिया