सयौंलाइ ठगेर जेलबाटै फरार दंगाललाई समाजसेवी भन्दै स्पेनमा हाई हाई ! (अदालतको फैसलासहित)

नेपालमा सयौंलाई ठगि गरेपछि अदालतको आदेशमा जेल परेका र जेलबाटै फरार क्रिष्ण दंगाललाई समाजसेवी भन्दै प्रशंसा गर्ने काम भएको छ । यस्तो प्रशंसामा पत्रकार र समाजसेवीकोसमेत संलग्नता देखिएको छ ।

दंगाल अदालतले तोकेको जेल सजाएँ पुरा नगरि बिचैमा फरार भएका हुन् । नेपाल प्रहरीको सिबि आइ का एक सईको मिलोमतोमा जेलबाट फरार भएको स्रोतको भनाई छ । बिभिन्न ब्यक्तिका नाममा नक्कली फेसबूक खोल्ने र युवतीलाई सम्पर्क गरेर युरोप, अमेरिका पठाउने भन्दै उनले लाखौं ठगि गरेका हुन् । हाल उनी स्पेनको पाइसभास्को राज्यको मन्द्रागन भन्ने ठाउँमा कपडा पसल गरेर बसेको स्पेनका नेपालीहरुले बताएका छन् । उनका एक छोरा श्रीमति र सालीपनि सँगै बस्छन् । उनको घर काठमाडौंको अलि दूर्गममा पर्ने सिन्धुपाल्चोकसित सिमाना जोडिएको ठाउँ पटाप हो । उनी जेल पर्नु अघिसम्म जोरपाटी बस्दै आएका थिए ।

यिनै ठगलाई समाजसेवी भन्दै युरोपका केहि अनलाइनहरुमा उनको प्रशंसामा समाचारहरु लेखिएका छन् । दंगालले कोरोना पिडीतहरूका लागी एक्लैले तिन दिनमा २३१० यूरो बराबरको सहयोग गरेको भन्दै समाचार प्रकाशित भएको छ । तर उनले के कति सहयोग गरे र उनी को हुन् भन्ने प्रत्यक्ष नबुझि,समाचार लेखिएको छ । त्यस्ता समाचार ठगसित मिलेर आर्थिक लगायत केहि स्वार्थमा लेखिएको बुझिएको छ ।  क्रिष्ण दंगाल ठगिको कसुरमा जेल परेको र जेलबाट फरार ब्यक्ति भएको सूचना दिँदापनि उनको प्रशंसा गरेर चोख्याउने काम गरेको स्पेनका एक पत्रकारले बताए ।

उनी पहिले नक्कली फेसबुकमा अविवाहित युवती र श्रीमान् नेपाल नभएका महिलाहरूलाई साथी बनाउने गर्छन् । त्यसपछि स्पेनमा बसेको देखाएर रोजगारी पाइन्छ भन्दै ति महिलाहरुलाई ठग्ने गरेका छन् । नेपालमापनि उनी पटक पटक ठगि धन्दामा परेका हुन् । आफ्नो कर्तुत लुकाउन र समाजसेवीका रुपमा देखिएर फेरि ठगि धन्दा चलाउन उनले समाजसेवाका नाममा केहि रकम खर्चिने गरेकापनि छन् । अझ एउटा समाचारमा उनलाई ‘सोसल हिरो’ समेत भनिएको छ ।

पछिल्लोपटक दंगालले एक दर्जनभन्दा बढी युवायुवतीबाट ३० लाखभन्दा बढी ठगी गरेको उजुरी प्रहरीकहाँ पुगेको नेपाल समाचारपत्रको समाचारमा उल्लेख छ ।

उनले ठगी धन्दाका लागि नामपनि बदल्ने गरेका थिए । कतै अम्रित थियो त कतै जयराम । अदालतको फैसला अनुसार उनले दिपक भन्ने दिनेश चौलागाइसित मिलेर ‘सिंगापुरमा दुई जनाको कोटा खालि छ’ भन्दै लालच देखाएर ठगेका थिए । उनीहरुले रमेश रयमाझीलाई लोभ्याउन सिंगापुरका बिभिन्न ठाउँको फोटोहरु पठाएका थिए ।  रमेश रायमाझीबाट एक लाख ६० हजार, घनेन्द्र बुढाथोकीको ५० हजार र हुम बहादुर पहराईबाट एक लाख ७० हजार लिएर फरार भएको अदालतको फैसलामै उल्लेख छ । पिडितहरुले उनको खोजि गर्दै जाँदा २०७१ साल चित्र ४ गते काठमाडौंको तिन कुनेमा लुकेको थाह पाएपछि प्रहरीहरुको सहयोगमा पक्राउ गरिएको थियो । पिडितहरुले किटानी जाहेरि मुद्दा दर्ता गएका थिए ।

काठमाडौं जिल्ला अदालतमा परेको मुद्दामा अदालतले उनलाई तिन लाख ६० हजारको बिगो तिराएर एक वर्ष जेल सजाएँको फैसला सुनाएको थियो । अदालतको फैसला अनुसार उनी जेल परेकापनि थिए । तर प्रहरीसितको मिलोमतोमा उनी जेलबाटै फरार भएका थिए । जिल्ला अदालतको फैसालामा लेखिएको छ “क्रिष्ण दंगालले मिति २०७१११२७ मा पक्राउ परि  २३ दिन थुनामा रहेको देखिँदा बाँकि कैद ११ महिना सात दिन र लागेको जरिवाना रु १, ९०, ००० लगत कसि असूल उपर गर्नु भनि लगत दिनू ।”

ठगी मुद्दामा परेका क्रिष्ण दंगालका बिरुद्द काठमाडौं जिल्ला अदालतमा परेको मुद्दामा अधिबक्ताहरु न्रिसिंह खत्री, रणबहादुर थेवे र मंगल बहादुर म्याङ्बोले बहस गरेका थिए ।

दंगालले ग्राहकहरुलाई विश्वास दिलाउन सिंगापुरमा केहि मानिसहरुसितपनि एसएमएस र फेसबूकमार्फत सम्पर्क गराएर कुराकानि गराएका थिए । उनले प्रविण खनाल, रमेश बराल लगायत अनेक नाममा फेसबूक खोलेका थिए । उनले घनेन्द्र बुढाथोकीलाई मलेसिया जाने नक्कली ईटिकटसमेत दिएका थिए । ठगि धन्दाकालागि उनको समूहनै थियो । ति ठगहरुले नक्कली आइडि खोलेर कुरा गर्ने र काठमाडौंमा भेटेर पैसा लिने गरेका थिए ।

ठगी धन्दाकालागि महिलाहरुसमेत उनले प्रयोग गरेका थिए । उनले आफू सिंगापुरको सिप (पानी जहाज) मा काम गर्ने गरेको र त्यहाँ जागिरकालागि कोटा खालि भएको बताउने गरेका थिए । इन्टरभ्यु सेटिङकोलागि पैसा लाग्छ भन्दै ३० हजार लिने उनको धन्दापनि थियो ।

लगभग चार वर्षदेखि अवैध रुपमा स्पेन बस्दै आएका उनले करिब चार महिना अघिमात्रै आवाशिय कानुनी हैशियत पाएको त्यहाँका नेपालीले बताए ।

उनको ठगी धन्दाको बारेमा यस अघि नेपाल समाचार दैनिकलेपनि समाचार प्रकाशित गरेको थियो र उक्त दैनिकले आफ्नो वेभसाइटमा २१ जेठ २०७६ को मितिमा राखेको छ । उक्त समाचार हेर्न यहाँ क्लिक गर्नुस् ।

अदालतको फैसला हेर्नुस्

तपाइँको प्रतिक्रिया