स्विजरल्याण्डको रेलभित्र दुई करोड बढि मूल्यका सुन भेटिए, सुन धनी भेटिएन

स्विजरल्याण्डको रेल भित्र फेला परेका एक लाख ८२ हजार स्विस फ्र्यांक (करिब दुई करोड ३३ लाख छ हजार नौ सय रुपियाँ) मूल्यका सुनका पट्टीहरु कसैले दाबी नगरेपछि स्विजरल्याण्ड सरकारले सुन धनी खोज्न सार्वजनिक आव्हान गरेको छ ।

गत अक्टोबर महिनामा ति सुनका पट्टीहरु रेलका कर्मचारीले रेलको डिब्बाको पछिल्लो भागमा फेला पारेका थिए । त्यहि बेलादेखि ति सुनका पट्टी कसैले दाबी गर्ने विश्वास गरिएको थियो । तर हालसम्म ति सुनका पट्टी दाबी नगरेपछि सार्वजनिक आव्हान गरिएको हो ।

लुसेर्न शहरको केन्द्रीय स्विस क्यान्टोनको गजेटमा प्रकाशित एउटा घोषणाले सुनका पट्टीका मालिकलाई प्रमाणसहित आएर दावी गर्न आमन्त्रित गरिएको छ । उत्तरी पूर्वी स्विस शहर सेन्ट गालनबाट गत अक्टोबरमा लुसेर्न जाने रेलमा बहुमूल्य सुनका पट्टीहरु भएको पाकेट फेला परेको थियो ।

त्यो बेला देखि रेल अधिकारीहरूले सुनका बास्तविक मालिकको खोजि गरेका थिए । तर फेला पार्न सकेनन् । त्यसपछि ति सुनका पट्टीहरु लुसेर्नको सरकारी निकायले जफत गरेको हो । सुन धनीलाई सप्रमाण आफ्नो सुन दाबी गर्न पाँच वर्षको समय दिईएको छ ।

              (झण्डै ३३ करोड रुपियाँ पर्ने भायोलिन)

स्विजरल्याण्डको लस्ट एण्ड फाउण्ड (सामान हराएको र भेटिएको दाबी गर्ने निकाय) ले प्रत्येक दिन तिन सय वस्तुहरु रेलमा फेला पार्ने गरेको जनाएको छ । हालसम्म सबैभन्दा बढि मूल्यको वस्तु छोडिएको अवस्थामा फेला पारेको सन् २०१२ मा एउटा भायोलिन हो । त्यसको मूल्य त्यो बेला २४ लाख युरो अर्थात् करिब  ३२ करोड ८८ लाख रुपियाँ मूल्य बराबर थियो ।

(फोटोहरु- फँस २४ न्युज)

तपाइँको प्रतिक्रिया