छुट्टी मनाउन ईटालीका नागरिकलाई ‘छुट्टी बोनस’

पाँच महिना लामो लकडाउन पछिपनि पर्यटन क्षेत्रमा कुनै सुधार नदेखिएपछि ईटालियन सरकारले आफ्ना नागरिकहरुलाई छुट्टी बोनस दिने भएको छ । गिर्दो पर्यटन क्षेत्रलाई माथि उकास्ने उद्देश्यले आफ्ना नागरिकहरु भ्रमणमा जाउन भनेर सरकारले छुट्टी बोनस दिने निर्णय गरेको हो ।

पर्यटक आकर्षित गर्न संघर्ष गरिरहेको ईटालीयन सरकारले आफ्नो प्रायद्वीपमा भ्रमण गर्नकालागि मात्रै यो आर्थिक भत्ता सुरु गरेको हो । यसको उद्देश्य पर्यटन क्षेत्रलाई पतन हुनबाट बचाउनु हो जसले इटालीको कुल गार्हस्त उत्पादनको १३ प्रतिशत प्रतिनिधित्व गर्दछ ।

जुन ३ बाट इटालीले युरोपेली संघबाट आएका विदेशी पर्यटकहरूको लागि आफ्नो सिमाना खुला गरेर पर्यन क्षेत्र सुधार्ने प्रयास गरेको थियो । यद्यपि पर्यटन ब्यवशायीहरुले गर्मीयामको छुट्टी शुरु भैसक्दापनि पर्यटन क्रियाकलापमा एकदमै ठूलो गिरावट आएको उल्लेख गरेका छन् । सन् १९९८ पछि ईटालीको पर्यटन क्षेत्रमा हाल सबैभन्दा ठूलो गिरावट आउने चेतावनी तिनले दिएका छन् ।

यहि अवस्थाको सामना गर्न ईटालियन सरकारले “छुट्टी बोनस” नाम दिएर आर्थिक भ्रमणलाई सहायता गर्न लागेको हो । यो सहायता वार्षिक ४० हजार युरो भन्दा बढि आय नहुनेकालागि दिईने छ । सरकारले तोकेको आयभन्दा कम हुनेकालागि आर्थिक अवस्था र आय हेरेर एक सय ५० युरोदेखि पाँच सय युरोसम्म दिईने छ ।

छुट्टी बोनस परिवारको अवस्था हेरि एक जनाकालागि एक सय ५० युरो, एक जोडीकालागि तिन सय युरो र परिवारकालागि पाँच सय युरो तोकिएको छ । यो योजनाकालागि ईटालियन सरकारले दुई अर्व ४० करोड युरोको बजेट छुट्याएको छ । छुट्टी भत्ता सन् २०२० को डिसेम्बर ३१ सम्ममा प्रयोग गर्नुपर्ने छ ।

तपाइँको प्रतिक्रिया