कोरोना संकटबाट लड्न ईटालीले सस्ता बाली उब्जाउने

कोरोना भाईरसले उत्पन्न गरेको आर्थिक संकटबाट बच्न ईटालीमा सस्ता बालीहरु उत्पादन गरिने भएको छ । कोरोना भाईरसले गर्दा अन्य क्षेत्र जस्तै क्रिषी क्षेत्रपनि धरासायी हुन लागेकाले आर्थिक लगानी कम लाग्ने क्रिषीमा मात्रै लगानी गर्न लागिएको हो ।

ईटालीको क्रिषी क्षेत्रलेपनि स्वास्थ्य क्षेत्रले झैं संकटबाट मुक्त हुन संघर्ष गरिरहेकाले यस्तो योजना ईटाली सरकारले ल्याएको त्यहाँका मेडियाले उल्लेख गरेका छन् । युरोपेली देशहरुबिच सिमा बन्द गरिएकाले क्रिषी श्रमिकको अभाव भएको, त्यसपछि आर्थिक समस्याले गर्दा क्रिषीजन्य उत्पादनका उपभोक्ताहरुमा ब्यापक गिरावट आएको, पर्यटन क्षेत्र ध्वस्त भएकाले रेस्टुरेन्ट र होटेल बन्द हुँदा ग्राहक नभएकोले क्रिषी क्षेत्र डामाडोल हुँदा यस्तो योजना ल्याउनुपरेको समाचारमा उल्लेख छ ।

यि विविध कारणले गर्दा पर्यटकिय क्षेत्रमा उपभोग गरिने र आर्थिक सम्ब्रिद्दि हुँदा उपभोग गरिने स्तरिय र महँगा क्रिषी उत्पादनहरुमा लगानी नगर्ने निति सरकारको सुझावमा क्रिषकहरुले बनाएका हुन् । क्रिषीमा लगानी घटाउन आम जनताले उपभोग गर्ने र उत्पादन गर्दा कम लगानी पर्ने उत्पादन गर्ने निति तिनको छ । यति गर्दापनि ईटालीमा क्षिषी क्षेत्रकालागि वार्षिक १२ अर्ब लगानी हुने उल्लेख छ ।

तपाइँको प्रतिक्रिया