फ्रान्समा फेरि मास्क अनिवार्य

फ्रान्समा अर्को हप्तादेखि सार्वजनिक स्थलहरुमा अनिवार्यरुपा मास्क लगाउनुपर्ने नियम बनाइएको छ । फ्रान्सका राष्ट्रपती एमानुयल माख्रोंले मास्क लगाउन अनिवार्य गर्नुपर्ने धारणा एक हप्ता अघि राखे लगत्तै प्रधानमन्त्री जँ कास्तोले यस्तो घोषणा गरेका हुन् ।

उनको घोषणा अनुसार जुलाई २० देखि सार्वजनिक स्थलहरुमा मास्क अनिवार्य लगाउनुपर्ने छ ।

आगामी अगष्ट एक देखि मास्क लगाउनुपर्ने भनाई राष्ट्रपतीले राखेपनि त्यस अघिदेखिनै मास्क अनिवार्य गरेको घोषणा प्रधानमन्त्रीले गरे । प्रधानमन्त्री कास्टोले हिजो बिहिवार संसदमा संवोधन गर्ने क्रममा मास्क लगाउनुपर्ने बाध्यकारी बनाएको घोषणा गरेका हुन् ।

“हामीले अर्को अगस्टको एकदेखि मास्कलाई बाध्यकारी बनाउन लागेका थियौं । तर यो ढिला हुन्छ भन्ने लागेर आगामी हप्ताबाटै लागू गर्ने निर्णय गरेका छौं” प्रधानमन्त्रीले संसदमा सरकारको निति तथा कार्यक्रमबारे उल्लेख गर्दै सांसदहरुकाबिचमा भने ।

“एउटा मास्क लगाउनु भनेको एक अर्काबिच दूरी कायमको सम्मान गर्दै प्रभावकारी रोकथाम र सुरक्षा उपाय हो,” उनले जोड दिए।

तपाइँको प्रतिक्रिया