स्पेनबाट सिकौं- एक गिलास चुरोटका ठुटा दिए एक गिलास बियर

कहिलेकाहिँ सानो प्रयासलेपनि ठूला ठूला सरकारी प्रयास र योजनालाई असफल पारिदिन्छन् । स्थानियलाई आकर्षण गर्न सक्ने साना, स्थानिय स्तरका योजना बनाउने हो भने ठूलो धनराशी खर्च नगरिकनैपनि प्रभावकारी काम गर्न सकिन्छ । स्पेनको बार्सिलोना शहरस्थित एउटा बार, रेस्टुरेन्टले चुरोटका ठूटा जाम पारेर वातावरण सफाईमा गरेको प्रभावकारी कामको अहिले युरोपभरिनै चर्चित बनिरहेको छ ।

विश्वको जनसंख्या मध्ये कम्तिमापनि २० प्रतिशतले घुमपान गर्छन् । ति मध्ये अधिकांशलाई चुरोटका ठूटा कहाँ जान्छ भन्ने ज्ञानसम्म हुन्न । विश्वमा प्रदुषण फैलाउने मध्ये एक प्रमुख स्रोत यिनै चुरोटका ठूटा हुन् ।

चुरोटको काँजो (फिल्टर) एक खाले प्लास्टिकबाट बनेको हुन्छ । वार्षिक ५६ अरब चुरोटका काँजो बनाइन्छ । यो अन्तत जमिनमा फालिन्छ । जमिनमा फालिएको  ठुटोको त्यो प्लास्टिक गल्न करिब सय वर्ष लाग्छ । एक सय वर्षसम्म त्यसले प्रदुषण गरिरहन्छ । यसबाट स्पेनपनि अछुतो रहने भएन । भुल्न नहुने महत्वपूर्ण पक्ष के छ भने ए उटा चुरोटको ठूटाले ५० लिटर पानीलाई प्रदुषित गरिदिन्छ ।

वातावरणिय यो दुर्गती देखेपछि बार्सिलोनाको टिबु-रोन कास्तेलदेफेल (Tibu-Ron Castelldefels) भन्ने बार, रेस्टुरेन्टले यस्ता ठूटा जम्मा पार्ने गज्जबको अक्किल निकालेको छ । र्स्टुरेन्टले  गिलास उपलब्ध गराउने । चुरोटका ठूटाले जति वटा गिलास भरेर ल्यायो उति वटा गिलास भरि बियर दिने ।  गरीयाममा यतातिर बियर पिउनेहरुको संख्या अत्यधिक हुन्छ ।

अहिले गर्मीयामको छुट्टी मनाउन बार्सिलोनामा लाखौं पर्यटक र स्थानियको भिड लागेको छ । समुद्री किनारका बार र रेस्टुरेन्टमा चुरोट खाएर ठूटा मिल्काउँछन् । त्यो सिधै समुद्रमा जान्छ । पर्यटकिय मौसमको उच्च चाप हुने यो बेला रेस्टुरेन्टले चुरोटका ठूटा जमम गर्ने अभियान शुरु गरेको हो । यो अभियान निकै प्रभावकारी बनिरहेको छ । यो अभियान निकै सफल देखिएको र यसले विश्वभरि प्रभाव पार्न सक्ने फ्रान्सेली अखबारहरुले उल्लेख गरेका छन् ।

अहिले यो रेस्टुरेन्टको सिको छिमेकीका बार र रेस्टुरेन्टलेपनि गर्न थालेको रिपोर्टमा उल्लेख छ । यस अघि समुद्र सफाई अभियानका क्रममा ६० लाख चुरोटका ठूटाहरु समुद्रबाट निकालिएको ओसन कन्सर्भेन्सीले जनाएको छ ।

हामी कहाँ त झन पानीका बोत्तल, सिसा, वाईवाई र बिस्कुटका खोल, चुरोटका ठूटा जहाँ पायो त्यहिँ फाल्ने गरिन्छ । बिदेशी भूमीकै किन नहोस् यसको सिको गर्न सके हाम्रोमापनि का लाग्थ्यो की ?

तपाइँको प्रतिक्रिया