गोलार्ध तातेर हिमाली जिवजन्तु खतरामा

               एक दशकमा ३५० प्रजातीका नयाँ जिव फेला परे

 Leopard[1]गत दश वर्षमा बैज्ञानिकहरुले नेपाल लगायतका पूर्वी हिमाली क्षेत्रमा ३५० थरीका जिवजन्तु फेला पारे । ति मध्ये ५३ प्रजातीका त नेपालमै फेला परेका हुन् । फेला परेका २४२ प्रजातीका वनस्पती मध्येपनि ४० प्रजाती त नेपालमा फेला परेका हुन् । नयाँ जिवजन्तु फेला पार्दा बैज्ञानिकहरु औधी खुशि हुनुपर्ने हो । तर बैज्ञानिकहरु नयाँ जिवजन्तु फेला पार्दा खुशि हुनुपर्नेमा चिन्तित छन् । त्यसको कारण हो, हिमाली क्षेत्रका ति जिवजन्तु सुरक्षित छैनन् । ति खतरामा छन् । गोलार्धमा बढ्दो तापक्रमले गर्दा ति जिवजन्तु जोखिममा परेका हुन् ।

 प्राक्रितिक वासस्थानलाई चरनको रुपमा प्रयोग गर्नु, वन मास्नु, चोरे शिकार, वारुदी सुरुङको निर्माण, जनसंख्या व्रिद्दी, वन्यजन्तुको ब्यापार, प्रदुषण र बिद्दुतिय परियोजना लगायतका क्रियाकलापले गर्दापनि हिमाली क्षेत्रका यि जिवजन्तुको अस्तित्वलाई खतरामा पारेको बैज्ञानिकहरुले बताएका छन् । यो क्षेत्रमा कूल वासस्थानको अहिले जम्मा २५ प्रतिशत मात्रै बाँकि रहेको र यो क्षेत्रमा १६३ प्रजाती विश्वभरिनै खतराको सूचीमा परेका छन्

 बैज्ञानिकहरुले सन् १९९८ देखि पूर्वी हिमाली क्षेत्रका जिवजन्तुको भरपर्दो अध्ययन र अभिलेख गर्ने कार्य थालेका थिए । त्यो बेलादेखि सन् २००८ सम्म खोजि गर्दा ति जिवजन्तु नौला फेला परे ।

 पूर्वी हिमाली क्षेत्र भन्नाले मुख्य त नेपाल, भुटान र भारतको हिमाली क्षेत्रमा पाइएका हुन् ति जिवजन्तु । यो हिमाली क्षेत्र विश्वभरिकै एक प्रमुख र महत्वपूर्ण वासस्थान मानिन्छ जैविक विविधताका द्रिष्टिकोणले । यि तिन मुलुकका सरकारलाई विश्व वन्यजन्तु कोषले सहकार्य गर्न आग्रह गरेको छ । किनभने कतिपय ति महत्वपूर्ण र दूर्लभ जिवजन्तुहरु ति तिनै देशका वासस्थानमा भर पर्छन् । तिनले तिन वटै देशको वासस्थान साझेदारी गर्छन् । एउटा मुलुकको वासस्थानमा प्रतिकूल दखल पुर्‍याउँदा सबैलाई असर गर्छ । यि तिन मुलुकको सिमा जोडिएको हुनाले पनि त्यसो भएको हो ।

 

-अझ धेरै जान्न तलका रिपोर्ट हेर्नुस-

-Flying frogs and the world’s oldest mushroom: a decade of Himalayan discovery

More than 350 new species discovered in Himalayas

Hundreds Of New Species Discovered In Eastern Himalayas

Flying frog among hundreds of new species discovered in Eastern Himalayas

Hundreds of new species discovered in eastern Himalayas

Flying Frog, Tiny Deer among 350 New Species Discovered in Himalayas

Himalayan wilderness yields 350 new species

Flying frog among 353 new Himalayan species: WWF

दशकमा ३ सय ५३ जीव र वनस्पति फेला

तपाइँको प्रतिक्रिया