जलवायुसँग पनि बेईमानी ?
-अकेला
अमेरिकाको जुम्ल्याहा टावरमाथिको आतङ्की हमला, जो जो नाईन एलेभनले बदनाम छ, त्यसबाट अत्तालिएको अमेरिकाले आतङ्कवादको र्सवनाशका निम्ति नसोध्नुस कि केसम्म गरेन ? तेलका कुवाहरु हात पार्न ठालुहरुले खाडीमा युद्धको ताण्डव मात्रै मच्चाएनन् बल्कि आजका मितिसम्म युद्धको त्यो ताण्डन शान्त हुनसकेको छैन र सद्धाम शासनको पतन भएको बर्षौँ बितिसक्दा पनि त्यहाँ तैनाथ गरिएका डेढलाखभन्दा बढी नेटो सेनालाई त्यहाँबाट हर्टाईएकै छैन । किनकि, आतङ्कवाद बिरुद्धको लर्डाईँ भन्दै दादाहरुले त्यहाँ जति धनराशी खर्चेका छन्, त्यसको लाखौँ गुना ज्यादा असुली त्यहाँका तेलबाट हासिल गरिरहेका छन् ।
जुन बिभिषिकालाई उनीहरुले आतङ्कवादको जामा पहिर्याईरहेका छन् र जुन लर्डाईँ उनीहरु हिजोदेखि आज र भोलीसम्मै लड्नेछन्, त्यो लर्डाईँ आतङ्कवाद बिरुद्धको नभै तेल भण्डार हथ्याउने चाल मात्रै हो र त्यही चाललाई भिक्षाटन गरी आफ्ना स्वास्नी छोराछोरी सिँगार्ने हनुमानहरुले रामनामी च्यादर ओढाएर चोख्याईरहेका छन् । नत्र, आतङ्कवाद कुन चरोको नाम हो भन्ने कुरो कसैलाई थाहै थिएन ।
जतिसुकै धनराशी खर्चे पनि र जतिसुकै ठूलो परिमाणमा सेना परिचालन गरिए पनि आजसम्म बिन लादेनको आचि फेला पार्न नसकिनुको मुख्य कारण आतङ्कवादको हावा अझै तेज हुँदै जानु नै हो । दमैको किलोमा बाँधिएको लाहुरी भैँसी षडयन्त्रपूर्वक हत्याउने प्रपञ्च हामीकहाँ मात्र हैन, उनीहरुमा पनि बिद्यमान छ । निमुखा, गरिव र असहाय राष्ट्रहरुमाथि दादा राष्ट्रहरुको षडयन्त्र एवं चुरीफुरी रहेसम्म, सानालाई हेप्ने घटिया प्रवृत्ति मानिसहरुमा बिद्यमान रहेसम्म र मानिसमा अर्काको स्वाधिनता तथा आत्मसम्मानमाथि ठेश पुर्याउने कुचेष्टा हुञ्जेल दुनियाबाट न आतङ्कवाद कहिल्यै समाप्त हुनेछ, न त यहाँ कोही चैनको बाँसुरी बजाएर बाँच्न पाउँन नै छन् । अर्थात, दुनियामा बिद्यमान बिसङ्गति तथा बिडम्वनाहरुको पूर्णत: खारेजि नभएसम्म आतङ्कवादको सफाया वारे सोँच्नु पनि गलत हुनेछ ।
अफगानिस्तानमा सेनाको संख्या बढाउन ओवामाले अघि सारेको प्रस्ताव अमेरिकी सिनेटद्वारा स्वीकृत भएपछि त्यहाँ लुकिछिपि बसेका अलकायदाका लडाकु एवं तालेवान बिद्रोहीहरु त्यहाँबाट अन्य मुलुकहरुमा पलायन हुनसक्ने ठूलो खतरा छ । यसको निम्ति पाकिस्तान, काजकिस्तान, भुटान, माल्दिभ्स, भारत एवं नेपालभन्दा अर्को ट्रान्जिट प्वाईन्ट उनीहरुका लागि अर्को हुनैसक्तैन । यो खतरा यति भयानक छ कि कल्पनै मात्रले पनि मानिसको हृदयगति बन्द हुनसक्छ । किनकि, आतङ्कवादको सफायाका नाममा ठालुहरुले जे पनि गर्नसक्दछन् र जुनसुकै जोखिम पनि उठाउन सक्दछन् ।
आजभन्दा केही दशक अघिसम्म दुनियामा शीतयुद्ध, एचआईभी एड्स, लागूपदार्थ र आतङ्कवाद गरी जम्माजम्मी चारवटा मात्रै खतराहरु थिए । अमेरिका र रुस दुइ साम्राज्यवादीहरुको शीतयुद्ध टरेपछि र काँक्रोझैँ सोभियत रुस चिराचिरा परेपछि ससाना मुलुकहरु बीचको सामान्य विवाद बाहेक आज शीतयुद्धको खतरा लगभग छैनकै स्थिति छ । तर त्यत्तिकैले मात्र अव यो दुनिया नचल्ने देखिन्छ । किनकि, दुनियाको सामु एक यस्तो खतरा मडारिएको छ, जसलाई हामी जलवायु परिवर्तन भनिरहेका छौँ । अर्थात, ग्लोवल वार्मिङको यस्तो खतरा, जसले पृथ्वी र यस वरपरको वातावरणमा ज्यानमारा परिवर्तन ल्याएको छ र यो रमाईलो पृथ्वी र्सवनाश हुने स्थितिमा पुगेको छ ।
त्यसो त, वातावरणविद्हरुले यो खतराबारे दुनियालाई र्सतर्क नगराएका पनि हैनन् । तर औद्योगिक बिकासको होडबाजीमा तँछाड मछाड गरिरहेकाहरुलाई यसतर्फसोँच्ने फूर्सदै भएन । जनसंख्याको बिष्फोटक स्थिति, पर्यावरणप्रति लापरवाह मानिसहरु र वातावरण एवं प्रकृतिसँगको छेडखानी यति बढ्यो कि पूरै पर्यावरणमा भयानक परिवर्तन आउनथाल्यो र हरितग्रह उपनामले चिनिने सुन्दर ग्रह पृथ्वी हाँडिझैँ तातिनथाल्यो । वातावरणमा आएको यो बिनाशकारी परिवर्तनका पछाडि ठालू एवं दादा राष्ट्रहरु जिम्मेवार छन् ।
एउटी बालिकालाई केन्द्रबिन्दुमा राखी फिल्माईएको फिल्म हेरेपछि बिग्रिसकेको जलवायु परिवर्तनप्रति दादाहरुको ध्यान यसरी खिँचियो कि आईन्दा पर्यावरण र प्रकृतिसँग छेडखानी गर्न नहुने चेत खुलेको छ । र १९२ देशहरुको सहभागितामा डेनमार्कको राजधानी कोपनहेगनमा गएको सोमवारदेखि नै बिशाल सम्मेलन सुरु भैसकेको छ, जहाँ उनीहरुले पर्यावरणमा कार्वन कम गर्ने सामुहिक प्रतिवद्धता व्यक्त गर्नेछन् । त्यसको मारमा परेका देशहरुलाई सामुहिक क्षतिपूर्तीको व्यवस्था गर्नेछन् । यदि त्यसो भयो भने कोपनहेगन, कोपनहेगन मात्रै नभै होपनहेगन नै सिद्ध हुनेछ र बिग्रँदो यो ग्रह तथा यो ग्रहबासीहरुको भविष्य केही हदसम्म सुरक्षित रहने छ । हैन भने यो ग्रहबासीको त्यो हाल हुनेछ, जसको कल्पना कसैले पनि गरेका छैनन् ।
पर्यावरणमा कार्वनर्डाईअक्र्साईड र कार्वनमोनोक्र्साईडको प्रचूरताले ओजनोस्फेयरको तह पातलिएको बर्षौँ भैसक्यो । जसले गर्दा सूर्यबाट आउने विकिरण सिधा पृथ्वीमा परेको छ र करोडौँ सालदेखि पृथ्वीको गर्भमा सुशुप्तावस्थामा रहेका ज्यानमारा लाभाहरु पग्लने क्रम तिब्र हुँदै गएकाले पृथ्वीमा हरियाली भन्ने वस्तु केही पनि रहनेछैनन् भने हिमालय पर्वतका हिउँहरु लगायत पृथ्वी उत्पतिको चार अरव सालसम्म कहिल्यै नपग्लिएका अन्र्टार्कटिका महाद्धिपका हिमचट्टानहरु यसरी पग्लिरहेका छन् कि पृथ्वीका अधिकाँश देश तथा शहरहरु समुद्रको गर्भमा हराउने खतरा छ । कतै, पानी बिना पृथ्वी पट्पट् फुट्नेछ भने कतै पानी नै पानी भएर त्राहीमाम् मच्चिनेछ । कतै, पानीझैँ ज्वालामुखीका लाभाहरु बग्नेछन् र शहरका शहर, वस्तीका वस्ती सखाप् हुनेछन् भने कतै र्टर्नेटो, सुनामी, क्रिटिना जस्ता ज्यानमारा बिपत्तिहरुले पूरै पृथ्वीलाई निर्जन तुल्याउनेछन् ।
एचआईभी एड्स र लागूपदार्थको कालो छायाबाट मुक्त हुने तर्खर गर्दागर्दै र नभ्याउँदा नभ्याउँदै आतङ्कवादको कालो छाया मडारियो । समग्र दुनियालाई आतङ्कवाद आफ्नो कब्जामा लियो, र नचाहेर पनि त्यसको नाङ्गो नाच हेर्नुपर्ने स्थिति छ । आतङ्कवादको कालो छायासँग लड्दा लड्दै र मुक्त हुने कोशिस गर्दागर्दै दुनियाका सामु देखापरेको छ जलवायु परिवर्तन । यो ज्यानमारा स्थितिले आज शीतयुद्ध, एचआईभी एड्स, लागूपदार्थ र आतङ्कवादलाई धेरै पछाडि छाडेको छ, जसले गर्दा मानिसहरुले धनि-गरिव, सानो-ठूलो हुनुको भिन्नता छुट्टयाउन सकिरहेका छैनन् र सम्भावित बिनाशबाट बच्नका लागि बाध्यताका साथ एकजुट भैरहेका छन् ।
नक्कल यदि राम्रो कुराको गरिन्छ र लोककल्याणको निम्ति गरिन्छ भने त्यो स्वीकार्य हुन्छ । अर्कालाई बेवकूफ बनाउन र मजा लुट्नको निम्ति गरिन्छ भने त्यो नक्कल स्वीकार्य हुनैसक्तैन । किनकि, त्यस्तो नक्कलले दुनियालाई हँसाउँछ मात्रै । एड्स र लागूपदार्थ नियन्त्रणका नाममा यहाँ केसम्म गरिएन ? कतिसम्म खर्चिएन ? र नतिजा ? हातलाग्यो शूल्य । सबै प्रयासहरु आँखामा छारो हाल्नमै सिमित रहे । एड्स ओसार्नेले ओसारिरहृयो । सार्नेले सारिरहृयो । लाग्नेलाई लागिरहृयो । लागूपदार्थमा पनि यस्तै भयो । बनाउनेले बनाईरहृयो । ओसार्नेहरुले ओसारिरहे । सेवन गर्नेले गरिरहे । कहीँ केही भएन । जत्ति भयो, नौटङ्की मात्रै भयो ।
मालदिभ्सले पहिलोपल्ट समुद्रमुनी क्याविनेटको बैठक गरेर ग्लोवल वार्मिङतर्फ दुनियाको ध्यान खिँचेको देखेर नेपाली नेताहरुले पनि सगरमाथाको ढुङ्गो देखाएर उच्च हिमश्रृङ्खलाहरुमा जलवायु परिवर्तनको प्रभाव पर्नथालेको सन्देश दुनियालाई दिएलगत्तै सगरमाथाकै आधार शिविरमा एक करोडको भोज खाईयो । जलवायु परिवर्तनको ज्यानमारा अवस्थाप्रति नेपाली नेताहरुको त्यो बेहूदा हर्कतमार्फत कोपनहेगन सम्मेलनलाइ के बताउन खोजिएको हो ? दुनियाको ओँठतालु सुकाईरहेको ग्लोबल वार्मिङ्ग रोक्न उनीहरुको त्यो बेहूदा हर्कतले सक्ला कि नसक्ला ? ढुङ्गाको आईडिया (अक्किल) दिनेले जसरी दियो, लैजानेले पनि त्यसरी नै लगियो र दिईयो । हिमालयको काखमा क्याबिनेट बस्ने अक्किल पनि जुन रुपमा दिईयो, बैठक पनि त्यसरी नै बसियो र खाईयो । सिद्धियो ।
नशामा व्राहृमणवादी सोँच सञ्चार भैरहेका यहाँका नेताजीहरुलाई राजनीति गर्ने तरिका र जनतालाई चुतिया बनाउने अक्किलको राम्रो ज्ञान छ । राजनीतिलाई बंग्याउन, शब्दजाल बुन्न र बितण्डा मच्चाउन त कोही यिनीहरुसँगै सिकून् । आफ्नो बक्बक् र चक्चक्ले दिनानुदिन आफुहरु जनता माझ नांगिँदै गएको र अलोकप्रिय हुँदैगएको तथ्यको ज्ञान हुँदाहुँदै शब्दै शब्दको फूलझडि लगाएर जनतालाई दिग्भ्रमित गर्ने खेलमा नेताजीहरु यसरी लागेका छन् कि एकदिन त्यही शब्दको फूलझडिले यिनीहरुलाई घरको न घाटको बनाउनेछ र राजनीति गर्नै बिर्सनेछन् । परिवर्तनकामी जनताको कोपभाजन र ग्लोवल वार्मिङ्गको क्रूर पञ्जाबाट सुरक्षित रहने हो भने यो बेईमानीलाई यहीँ लगाम् लगाउनुपर्छ । बेला नर्घकँदै चेत्नुपर्छ । अन्यथा, सबैको र्सवनाश सुनिश्चित र अपरिहार्य छ ।





