छोरी पाउन मरिहत्ते

नेपाल, भारत, भुटान, पाकिस्तान लगायत दक्षिण एशियाली मुलुकमा त छोरा पाउन मरिहत्ते गर्छन् नै । जतिसुकै बिकसित भनेपनि पश्चिमी मुलुकमा समेत अहिलेसम्म छोरा पाउन चाख राख्नेको संख्यानै तुलनात्मक रुपमा बढि छ । तर थुप्रै चराका जाती भने भाले भन्दा पोथी पाउनकै लागि मरिहत्ते गर्ने रहेछन् ।

हुनत बैज्ञानिकहरुलाई थाहा थियो कि सेसिल वाब्लर (फिस्टे चरा), जेब्रा फिन्च (भँगेरा, बगडी समूदायको चरो) र ट्री स्वालो (गौंथली) ले किन आफ्ना बचेरा कोरलिनु पहिले चतुर्‍याइँपूर्वक चालबाजी गर्छन् भनेर। अधिकांश बैज्ञानिकहरुले अहिलेसम्म टेस्टोस्टोरन हर्मोनको अनुसन्धान गर्ने गरेका रहेछन् ।

अधिकांश बैज्ञानिकहरुले अहिले सम्म टेस्टोस्टोरन हर्मोनको मात्रै प्राथमिकताकासाथ अनुसन्धान गर्ने गरेका रहेछन् । तर अहिले कोर्नेल विश्व बिद्यालयका अनुसन्धानदाताहरुले भने प्रोजेस्टोरोन भनिने हर्मोनहरुको अनुसन्धान गरेका थिए । यो अनुसन्धानबाट के पत्ता लाग्यो भने पोथीहरुले पोथी कोरल्नकालागि प्रोजेस्टोरोन हर्मोन कम छोड्ने रहेछन् फुल बन्ने प्रारम्भिक चरणमा । उनीहरुले कि त प्रोटेस्टेरोन हर्मोन बढि लगानी गरिदिने गर्ने रहेछन् । त्यसो गर्दा पोथीहरु बढि कोरलिने रहेछ ।

अनुअसन्धाबाट के पत्ता लागेको छ भने जति कम प्रोजेस्टोरोन हर्मोन लगानि गर्‍यो उति भालेको संख्या कम हुने रहेछ । प्रोजेस्टेरोन फुल बन्ने बेलामा पोथीले मुख्यरुपमा आफैंले लागनी गर्न सक्ने हर्मोन हो ।

ति चराहरुले किन पोथी बढि कोरल्न खोज्छन् त ? बैज्ञानिकहरुका अनुसार आफ्नो वासस्थानमा जहाँ आहाराको संकट बढि हुन्छ त्यहाँ पोथीहरुले त्यस्तो गर्छन् । भालेहरुले भन्दा पोथीले अर्को बेतका बचेराहरुलाई आहारा खोज्न बढि सहयोग गर्ने हुनाले पोथीहरुले पोथीहरु बढि पक्षपाती ब्यवहार गरेको हुन सक्ने बताएका छन् ।

एउटा अर्को तथ्य के पनि हो भने स्तनधारी जिवहरुमा भाले वा पोथी के जन्मन्छ भन्ने भालेको शुक्रकिटमा भर पर्छ । तर चराहरुमा भने पोथीको क्रोमोजोमले निर्धारण गर्छ भाले वा पोथी बन्नेमा ।

तपाइँको प्रतिक्रिया