कसरि पुग्यो जंगली म्रिगको पेटमा छ किलो प्लास्टिक ?

म्रिगले के खान्छ ? घाँस  । कहाँ बस्छ ? जंगलमा । कि त पाल्तु भए सदरचिडियाखानामा । तर जंगलमा बस्ने र घाँस खाने जनावरको पेटमा कसरि प्लास्टिक फेला पर्छ ? त्योपनि अलिकति हो र ? छ किलो । विकसित, प्रक्रिति संरक्षण्मा असाध्यै कडा, प्रबहवकारि मानिने स्विजरल्याण्डको जंगलमा रमाउँदै हिँड्ने रिगको पेटमा छ किलो प्लास्टिक फेला परेपछि सारा प्रक्रितिबिद, संरक्षणकरी र स्वयं स्विजरल्याण्डको नितिनिया तहमै बसेकाहरुनै छक्क परेका छन् ।

स्विजरल्याण्डको दक्षिणपूर्वी क्षेत्रमा पर्ने आरोसामा वन्यजन्तु सेवाकर्मीले एउटा म्रिग मारेका थिए । उसको शल्यक्रिया गर्दा तिनले म्रिगको पेटमा छ किलो प्लास्टिक पाए । ग्रौबेन्डेन प्रान्तका अधिकारीहरुका अनुसार म्रिगको आनीबानी असामान्य, आक्रामक देखिएको थियो । स्थानियहरुलाई ज्यादा असर पर्ने देखिएपछि उनीहरुले उक्त म्रिग मारेका थिए । म्रिगको सामान्य आनेबानीभन्दा किन फरक देखियो भनेर उनीहरुले अध्ययन गरे । म्रिगको शल्यक्रिया गरे । त्यसपछि उनीहरुले म्रिगको पेटमा छ किलो प्लास्टिक फेला पारेका हुन् ।

स्थानिय मानिसहरुले चरा र अन्य जिवकालागि राखिदिएको खानाप्रति म्रिग आकर्षित बनेको थियो । स्थानिय जनताले राखिदिने आहारा सजिलै पाउन थालेपछि दुख गरेर प्राक्रितिकरुपमा जंगलमा आहारा खोज्ने म्रिगको बानीमा ह्रास आएको थियो । त्यसैले त्यो जंगली म्रिग रातीराती स्थानिय तहमा आएर मिल्काइएका आहारा खाने गर्थ्यो । स्थानियले मिल्काएको आहारासंगै रहेको प्लास्टिक समेत निल्ने गरेको स्विस अधिकारीहरुको भनाई छ ।

अधिकारीहरुले म्रिगको पेटको खानाको अध्ययन गर्दा पन्जा, चराको खाना, जाली र डोरी लगायतका वस्तु फेला पारे । स्थानियले खाना पोको पारेर राखिदिएका प्लास्टिक लगायतका यस्ता वस्तु अन्य वन्यजिवमापनि हुन सक्ने अनुमान अहिले स्विस जिवजन्तुबिदहरुले गरेका छन् । प्राक्रितिक जिवहरुलाई असर नपार्न मानविय यि क्रियाकलापलाई नियन्त्रण र निगरानी गर्नुपर्नेमा यो घटनापछि स्विजरल्याण्डामा ब्यापक माग र चासो बढेको छ ।

तपाइँको प्रतिक्रिया