कोरोना भाईरस बिरुद्दको खोप बनाउन चार कंपनी प्रतिस्पर्धा गर्दै

कहिले आउला त कोरोना भाईरस बिरुद्दको खोप ? विश्वका ३५ वटा कंपनी र शैक्षिक संस्थाहरु कोरोना भाईरसको खोपकालागि प्रतिस्पर्धामा रहेको डेलि अब्जर्भरले जनाएको छ । ति मध्ये चार वटा संस्थाले खोप बनाएर हाल जनावरमा परिक्षण गरिरहेका छन् ।

ति मध्ये अमेरिकाको बोस्टेनस्थित बायोटेक संस्था मोडेना पहिलो हो र यसले छिट्टै मानव शरिरमा परिक्षण गर्ने भएको छ । चिनियाँ अनुसन्धानकर्मीहरुले सार्स भाईरसको अनुसन्धान गरेका थिए ।  त्यसपछि कोभिड १९ अर्थात कोरोना भाईरसको अनुवंशिक गुणहरुको अनुसन्धान गरे । दुबै भाइरसको अनुसन्धानबाट सार्स र कोरोना भाईरसको अनुवंशिक गुणमा केहि समानता फेला पारे । यो समानताबारे चिनियाँहरुले गत जनवरीमै थाह पाएका थिए ।

प्राय भाईरसहरुले आफ्नो गुणहरु बदल्ने गर्छन् । तर सार्स र कोरोना भाईरसले गुण बदलेको पाइएन । यसो गर्दा सार्स र कोरोना भाईरस दुबैलाई मार्नकालागि एउटै खोपको विकास गर्न सकिन्छ कि भन्ने तर्फपनि बैज्ञानिकहरुको प्रयास छ ।

तर समस्याको अर्को कारण पनि छ । त्यो के भने कोरोना भाइरसको अर्को रुप वा अन्य कुनै अर्को संक्रामक रोगले विश्वलाई खत्तम पार्न सक्छ कि सक्दैन ? अहिलेसम्म फ्लूलाई सामान्यतया सबैभन्दा ठूलो महामारीको जोखिम मानिन्छ । नर्वेको ओस्लोमा रहेको गैर-नाफामुखी कोअलिसन फर एपिडेमिक प्रेपेयरनेस इनोभेसनस (सीईपी) का सीईओ रिचार्ड ह्याचेट भन्छिन्, “हामीले जुन गतिमा यी उम्मेदवारहरू अर्थात् भाईरस संक्रमण हुने तत्वहरु उत्पादन गरेका छौं त्यसले हामीलाई कोरोना भाइरस र भारसहरूका खोपहरू कसरी विकास गर्ने भनेर बुझ्न सजिलो बनाउँछ ।” त्यसले कोविड १९ का बिरुद्दको भ्याक्सिनको विकासको लागि वित्त र समन्वय गर्न सहयोग गरिरहेको छ ।

कोरोना भाईरसले अन्य दुवटा तात्कालिन महामारीपनि निम्त्याएको छ । पहिलो सार्स (severe acute respiratory syndrome) जुन चिनमा सन् २००२ देखि सन् २००४ सम्म देखापर्‍यो । अर्को मेर्स (Middle East respiratory syndrome) भन्ने भाईरस सन् २०१२ मा साउदी अरेबियामा देखापर्‍यो । यि दुबै प्रकोपका बिरुद्द खोप बनाउन काम गरियो । जब ति देखा परे तब तिनलाई प्रयोगमा ल्याइयो । अमेरिकाको मेरिल्याण्डस्थित नोभाभाक्सले सार्स-कोभ -२ बिरुद्द बनाएको त्यो खोप पुन प्रयोगकालागि प्रस्ताव गरेको छ । नोभाभाक्सले यहि गर्मीयामबाट मानव शरिरमा परिक्षणकालागि केहि नमुना खोपहरु तयारि गरेको दाबीपनि गरेको छ । मोडेर्ना भन्ने संस्थाले चाहिँ मेर्स भाईरस बिरुद्दको खोप विकास गरेको छ । यो अमेरिकाको मेरिल्याण्डस्थित बेथेस्दामा रहेको नेसनल ईन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजेजमा अनुसन्धान गरिएको हो ।

सार्स कोभिड-२ ले ८० देखि ९० प्रतिशत वंशिक तत्व सार्ससित साझेदारि गर्छ । अर्थात् ८० देखि ९० प्रतिशत सार्ससित समान रहेछ । दुबैमा गोलाकार प्रोटीनयुक्त क्याप्सुल जस्तो भाग हुन्छ । त्यसभित्र राइबोन्यूक्लिक एसिड (आरएनए) भन्ने अम्लको एक खाले पट्टी हुन्छ जुन स्पाइक्स (चुचोजस्तो भाग) मा ढाकिएको हुन्छ । स्पाइकहरूले मानव फोक्सोमा अस्थिर कोषहरूको सतहमा रिसेप्टर्स (ग्रहण गर्ने तत्व, कोष) मा ताल्चा लगाउँछ । यि दुबै अवस्थामा समान प्रकारको ग्रहणणहरु (रिसेप्टर्स) लाई भाइरसको कोषमा प्रवेश गर्न अनुमति दिँदैन । एकपटक भित्र जाँदा यसले कोषको प्रजननको कार्यतरिका वा शंयन्त्रलाईनै खत्तम पार्छ । आफ्ना तत्वहरु धेरै प्रति उत्पादन गर्न प्रक्रियागतरुपमै मार्नु अघि कोषको बाहिर पट्टीको भागलाई बिच्छेद गरिदिन्छ ।

सबै खोपले समान आधारभूत सिद्धान्त अनुसार काम गर्दछन् । तिनीहरूले मानव रोग प्रतिरोधात्मक प्रणालीमा आंशिक वा सबै रोगजनक प्रब्रित्ती, रुप (प्याथोजेन) को प्रस्तुत गर्दछन्, प्राय: कम मात्राको एक इन्जेक्शनको रूपमा । ति प्रणालीलाई प्रतिरोधात्मक क्षमता उत्पादन गर्न रोगजनक प्रव्रित्तिमा ढाल्छन् । रोग प्रतिरोधात्मक क्षमता (एन्टिबडी) एक प्रकारको प्रतिरक्षा प्रणाली र शरिरको एक प्रकारको स्मरण शक्ति हो जुन एक पटक निकालिसकिएको हुन्छ । त्यसलाई तुरून्त पुनः सार्न सकिन्छ । तर यदि व्यक्तिले यसको प्राकृतिक रूपलाई भाइरसको सम्पर्कमा ल्यायो भने मात्रै त्यो संभव ।

तपाइँको प्रतिक्रिया