ईटालीमा मास्क नलगाए एक हजार युरो जरिवाना

ईटालीको एउटा शहरमा मास्क नलगाए एक हजार युरो (करिब एक लाख ३५ हजार रुपियाँ) जरिवाना लिईने भएको छ । दक्षिणी ईटालीको क्याम्पानियामा सार्वजनिक क्षेत्रमा मास्क नलगाए एक हजार युरो जरिवाना लिने कडा नियम बनाइएको हो । कोरोना भाईरसले देशको सामाजिक, आर्थिक क्षेत्र उथल पुथल पारेकाले भाईरस बिरुद्दको सचेतनामा बेवास्ता गरेको, अनुशासनहिन काम गरेको भन्दै यस्तो कडा नियम ल्याइएको स्थानिय मेडियाले उल्लेख गरेका छन् ।

टालियन प्रेसले आइतबार जुलाई २६ मा रिपोर्ट गरेका छन् – कोविड १९ को महामारी झन बढ्ने संकेत छ । यस्तो जोखिमको पृष्ठभूमिमा केही इटालियन नागरिकहरूको अनुशासनहीनताको कारण पहिलो पटक १,००० युरोको जरिवाना लगाइने भएको छ । क्याम्पानियाको सालेर्नोमा तीन व्यवसायका मालिकहरूलाई पसल खोल्न निषेध गरिएको थियो । ति मध्ये एक बार, कपाल रोप्ने पसल र हजाम पसल छन् । तिनमा प्रहरीहरुले निगरानी गर्न जाँदा मास्क लगाउने स्थानिय निर्देशनको सम्मान गरिएको पाएनन् । त्यसैले ति पसल बन्द गरिएका हुन् ।

“यदि हाम्रा नागरिकहरूले कोरोना भाईरसबाट पूर्णरुपमा समस्या समाधान भएको सोच्दछन् भने यसको मतलब केही हप्तामा हामी कडा आपतकालमा फर्किनेछौं” कैम्पानियाका गभर्नर भिन्सेन्जो डे लुकाले शुक्रवार चेतावनी दिएका छन् ।

यदि कसैलेसुपरमार्केट, बार, होटेल, रेस्टुरेन्ट, पसल, बस, रेल, मेट्रो, सब वे लगायतका सार्वजनिक ठाउँहरुमा मास्क नलगाए एक हजार युरो जरिवाना गरिने छ । त्यहाँ स्थानिय अध्यादेश जारि गरिएको छ । अध्यादेशमा यातायात कम्पनीले मास्क नलगाउने यात्रुलाई सवारीमा चढ्न दिन अस्विकार गर्नुपर्ने छ । रेल वा बसमा मास्क नलगाई चढेमा चालक र नियन्त्रकले यातायात रोकेर प्रहरीलाई खबर गर्नुपर्ने छ । स्थानिय प्रहरी तत्कालै परिचालन गरि त्यस्ता यात्रुलाई कारवाहि गरिने प्रवधान अध्यादेशमा उल्लेख छ । कसैले यो अपराध दोहोर्याएमा जरिवाना दोब्बर पारिने छ । कुनै ब्यापारीले यसको पालना नगरेमा त्यसको प्रचारप्रसार गरेर नागरिकमाझ त्यस्ता ब्यापारीलाई परिचित गराइने छ ।

युरोपमा कोरोना भाईरसबाट पहिलो प्रभावित देश इटालीले ३५ हजार भन्दा बढिको मृत्यु र दुई लाख ४२ हजार भन्दा बढिमा संक्रमणको समस्यासहित महामारीको लागि ठूलो मूल्य तिरेको छ । यो रोग अहिले नियन्त्रणमा रहेको देखिन्छ । तर गत २४ घण्टामा दुई सय ७५ वटा संक्रमणका बिरामी देखिएका छन् र पाँचको म्रित्यु भएको छ ।

तपाइँको प्रतिक्रिया