थरिथरिका गित गाउने बढि कामुक

SongSparrow13घर वरिपरि फ्यार्र फ्यार्र गर्छन् भँगेरा । आँगनमै रमाउँछन् । दलिनमै चमचम गर्दै आउँछन् । च्युँ च्युँ कराएको ख्यालपनि हुन्छ । लखेटा लखेट गरेको पनि देखिन्छ । तर यिनले हाम्रै आँखा अगाडि, हाम्रै आँगनमा प्रेमको उपद्रो मच्चाएको ख्याल गर्नु भएको छ ? धेरैले छैन होला । हाम्रै घर आँगनमा बसेर, दलिनमा ठाडो पर्दै गित गाएर पोथीहरुलाई प्रेमको लागि आकर्षित पो गर्ने रहेछन् त !! अनि चराले जति धेरै थरीका गित गायो त्यो चरा कति स्वस्थ छ भन्ने संकेत गर्ने रहेछ । बैज्ञानिकहरुले के पाएका छन् भने चर्को स्वरमा गित गाउने भाले भँगेराको दिमाख ठुलो हुने रहेछ । ति बढि रोग निरोधक क्षमता भएका, समग्रमा बढि शरिर मिलेका हुने रहेछन् त्यस्ता विशेषता कम भएका तिनका प्रतिद्वन्दि भन्दा ।

 थरी थरीका गित भाका फिराइ फिराई गाउन सक्ने चरा तिनका प्रतिद्वन्दि भन्दा बढि सक्षम साबित हुन्छन् भन्ने अनुमान बैज्ञानिकहरुले धेरै अघिदेखि गरेका हुन् । अघिल्ला अध्ययनहरुले पनि के देखाएका थिए भने अनेक थरी भाका निकालेर जटिल तरिकाले गित गाउनेहरुले प्रजननकालमा जोडी छिटो भेट्टाउँछन् । “सुरिलो र लामो स्वर हुनेले सायद पोथीलाई सिधा फाईदा पुर्‍याउन सक्छन् । जस्तै बचेराको राम्रो रेखदेख, वासस्थानको रक्षा अथवा बचेरामा तगडा जिन स्थानान्तरण गरेर अप्रत्यक्ष फाईदा हुन्छ” क्यानडाको वेस्टर्न वन्टारियो विश्व बिद्दालयका अनुसन्धान दाता जेरेमी पिफफ् भन्छन् ।

 यो पत्ता लगाउन जेरेमी र उनको अनुसन्धान टोलीले ७० भन्दा बढि भाले भँगेराका ५०० भन्दा बढि गितको बिबेचना गरेका थिए । तिनले शारिरिक अवस्थाको तुलनामा गाउने जटिल तरिका, जिनको फैलावट र रोग निरोधक क्षमताको गुण सबैको अध्ययन गरेका थिए । तिनले चराको मगजमा हुने संगित सँग संबन्धित भाग (HVC) को आकार पनि तुलना गरेर हेरेका थिए । उनीहरुले के पाए भने धेरै गित गाउने चराको एचभिसी ठुलो हुने रहेछ । त्यस्ता चराको रोग निरोधक क्षमतापनि बढि हुने रहेछ राता रक्तकोषलाई रगतमा भएको सेता रक्तकोषसँग मापन गर्दा र तुलना गरेर हेर्दा । ति सेता रक्तकोषले किटाणु मार्ने काम् गर्छन् । राता रक्तकोषले चाहिँ शरिरमा प्राणवायू (अक्सिजन) सञ्चार गराउँछन् । बढि स्वस्थ चराहरुमा ति सेता रक्तकोषपनि बढि पाइए राता रक्तकोषको तुलनामा । चर्को र ठुलो स्वर हुनेहरुको जिनको फैलावटपनि बढि हुने पाइयो ।

 अनुसन्धानदाता पिफफ्को भनाइमा जटिल तरिकाले गित गाउनु भनेको यस्तो गहना हो जसले यौनिक छनौटमा महत्वपूर्ण भूमिका खेल्छ । मुजुरको लामो पुच्छरले पोथीहरुलाई आकर्षण गरे जस्तै । चराका धेरै जातमा पोथीहरुले सुरिलो कण्ठ भएका थरी थरीका जटिल तरिकाले गित गाउने भालेहरु रुचाउँछन् । त्यस्ता भालेले संभोग गरेर कोरलिएका बचेरा राम्ररि हुर्कने र शारिरिक विकास राम्रोसँग हुन सक्ने बैज्ञानिकहरुको तर्क छ । बचेरा हुँदा आहारा राम्ररि नपाएका भालेबाट निस्किएका बचेरा तुलनात्मकरुपमा साना र कमजोर हुनसक्ने बढि संभावना हुन्छ । तिनको दिमाखपनि कम विकास भएको हुन्छ । आहारा खोज्न, पक्रिन र चर्नका लागि जिम्मेवार स्नायू तरिकापनि सुरिलो कण्ठ र जटिल गित गाउने भालेमा बढि हुने बैज्ञानिकहरुले बताएका छन् । शारिरिक विकासमा बाधा पुगेका वा स्ट्रेस खपेका भालेहरुको दिमाखपनि तुलनात्मकरुपमा सानो हुन्छ ।

तपाइँको प्रतिक्रिया