बाघको वस्तीमा उपचार गराउँदै पीडाले छट्पटाएकी मेलकली

-कपिल प्रसाद पोख्रेल (फोटो, आलेख दुबै)/सौराहा

elephant_treatment2[1]

जङ्गल र जङ्गली जनावरहरुको अध्ययन, अनुसन्धान गर्ने कार्य रोमाञ्चक मात्र हुँदैन, कठिन र जोखिमपूर्ण पनि हुन्छ । घना जङ्गल छिचोलेर वन्यजन्तु, चराचुरुङ्गी र वनस्पतीको अवलोकन र अध्ययन गर्ने क्रममाले सताउँछ । तिर्खाले प्याक प्याक पार्छ । त्यसबाहेक बाघको गुर्राईले तर्साउँछ । भालुको लखेटाईले पिरोल्छ । त्यसबाहेकपनि अन्य खतरनाक जनावर र विषालु सर्प तथा विच्छीहरुसंग पनि सामना सामनापनि उत्तिकै गर्नुपर्छ । एकान्त ठाउमा घट्न सक्ने यस्ता अप्रत्यासित दूर्घटनाहरुसँग जुझ्न हरदम तम्तयार नभइ सुखै छैन जिवजन्तुको अध्ययन अनुसन्धान गर्ने हो भने । हामीलाई लाग्न सक्छ, हात्ती जस्तो भयानक जन्तुलाई कहिँ केहिले छुँदैन। जंगलमा कुनै अप्ठेरो पर्दैन । तर अनुसन्धानकर्ताहरु मात्र होइन, यस कार्यमा सघाउन जाने हात्तीहरु पनि यस्ता खतराहरुबाट मुक्त हुँदैनन् ।

 हालै टाइगर प्रे र्सर्भे (वाघले खाने चित्तल, जरायो आदि आहाराहरुको र्सर्वेक्षण) गर्न गएको हात्ती “मेलकली” चितवन राष्ट्रिय निकुञ्जको बेल्सर पोस्ट नजिक घाइते भई । अन्दाजी ४५ बर्षकि मेलकलीको खुट्टामा छेस्को बिझेपछी चोट लाग्यो । र पिडाले कराउन थाली । सुखद पक्ष, हात्तीको रेखदेखमा खटिएका माउते र फणितहरु यस्ता तत्काल हुने चोट पटकको उपचार गर्न खप्पिस हुन्छन् ।

elephant_treatment1[1]

मेलकलीका फणित र माहुतेलेपनि त्यसै गरे । हात्ती उभिएको अवस्थामा उपचार गर्न कठिन हुने भएकोले माउतेले हात्तीलाई जमिनमा सुत्न निर्देशन दियो । मेलकली तुरुन्तै लम्पसार परेर भूइँमा पल्टिइ । छेस्का त पुरै भित्र पसेको रहेछ । छेस्का यति भित्र गडेको रहेछ पिलासको मद्धतले छेस्काको टुप्पा भेट्न पनि हम्मे हम्मे पर्‍यो फणितलाई । कुनै उपाय नलागे पछि चक्कुले छेस्काको चारैतिरको मासुलाई खोतलेर पिलासले छेस्का समाउने ठाउँ बनाए । त्यसपछि पिलासले च्यापेर जोडसँग तानेपछि बल्ल छेस्का बाहिर निस्कियो । हात्ती पीडाले कराए पनि उपचारको क्रममा पूर्णरुपले साथ दियो हलचल नगरि ।  

 “मेरो उपचार हुँदैछ” भन्ने हात्तीलाई पनि ज्ञान हुन्छ । यस्तो अवस्थामा सकभर पीडा सहेर पनि नचलिकन बस्छन् । साधारतया उपचार गर्ने क्रममा नौला र नचिनेका मानिसहरुसँग चाही हात्ती विश्वस्त हुदैनन् । छेस्को झिकिसकेपछि घाउमा बेटाडिन झोल लगाइयो । त्यसपछी हेमेक्स (क्रिम) घाउमा दलियो । यो औषधीले घाउमा झिंगा भन्किन दिदैन । घाउ पनि सुकाउँछ । उपचार गरेको दुई दिनमा नै ठिक भएर मेलकली आफ्ना दौंतरीहरुस“ग काममा हिड्न थाली ।

(कपिल पोख्रेल चितवन राष्ट्रिय निकुञ्जको सौराहा स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक हुन् उनी विशेषत चराबिदका रुपमा परिचित छन।)

तपाइँको प्रतिक्रिया