अस्पत्तालको सिँढीमा लासको ताँती, चिहानघरपनि भरिएर झन समस्या

(ईटालीको लोमबार्दी क्षेत्रको बुर्गेमो अस्पत्तालमा लास ओसार्न लाईनमा राखिएका सैनिक ट्रक)

असाध्यै दुखको अवस्था स्रिजना भएको छ, ईटालीमा । त्यहाँ सबैभन्दा बढि कोरोना भाईरसले प्रभाव पारेको ठाउँ लोमबार्दी हो। यहाँको बुर्गेमो स्पत्तालको सिँढीपनि अहिले लासहरुले भरिएको छ । ईटालियन संस्कार अनुसार तिनलाई चिहानघरमा लगेर आफ्नो धार्मिक पद्दती अनुरुप गाड्नुपर्ने हो । तर चिहान घर सबै भरिएर जलाउनुपर्ने अवस्था स्रिजना भएको छ । लासहरु ओसार्न नभ्याएर सेनाका ट्रकहरु लस्कर लागेर बसेका छन् । पछिल्लो पटक लोम्बार्दीमा ९३ जनाको ज्यान गएपछि चिहानघरको झनै समस्या देखिएको छ ।

बेलायतको डेली मेल अखबारका अनुसार  ईटालीको बुर्गेमो अस्पत्तालमा सघन उपचार (इन्टेन्सिभ केयर) का लागि विरामीहरुलाई लाईन लगाएर राखिएको छ । चिकित्शकहरुले उपचार गर्न भ्याएकै छैनन् । नयाँ विरामी थपिने क्रम उत्तिकै छ । लासहरु बेरेर सिँढीमा राखिएको छ । ति लास उठाउन १५ वटा सैनिक ट्रक लाम लागेर पर्खिएका छन् ।

ईटालीमा हिजो एकै दिनमा ४,२०७ जनामा कोरोना भाईरस देखियो । एकैदिन ४७५ जनाको म्रित्यु भयो । यति धेरै विरामीको कसरि उपचार गर्ने । यति धेरै म्रितकलाई कसरि ब्यवस्था गर्ने ? समस्या स्रिजना भएको छ । चितित्शकहरुले स्वास्थ्य क्षेत्र संकटमा पुगेको बताइसकेका छन् । अस्पत्तालमा ठाउँ नभएर स्वास्थ्यकर्मीहरुले टेन्ट गाडेरपनि उचार गरिरहेका छन् । तरपनि तिनको क्षमताले धान्नै नसक्ने भएको छ । लोमबार्दी क्षेत्रमा चिकित्सक र नर्सहरुको संख्या सिमित भएकाले धान्न नसक्ने अवस्थामा पुगेको लोम्बार्दीको स्थानिय सरकारले बताइसकेको छ ।

ईटालियन मेडियाहरुले अस्पत्तालले धेरै संख्यामा विरामीहरुको उपचार गर्दागर्दैपनि आफ्नो क्षमताले नभ्याएर विरामीहरु उपचारकालागि पिँढीसम्म लाईनमा बस्नुपरेको उल्लेख गरेका छन् । ति विरामीमध्ये केहिमा स्वाश प्रस्वाशको समस्या छ । अस्पत्तालमा भेन्टिलेरको समस्या छ ।

अस्पतालमा चाप धान्नै नसक्ने अवस्थामा पुगेका बेला लासहरुको ब्यवस्थापन गर्न उत्तिकै समस्या परेको छ । लोमबार्दीको बुर्गेमो अस्पत्तालमा लास राख्ने ठाउँपनि छैन । लास घर भरिईसकेको छ । डेली मेलका अनुसार लासको ब्यवस्थापन गर्ने कर्मचारीले दिनमा २४ लाससम्म ब्यवस्थित गरिरहेछन् । भाईरसबाट म्रित्यु भएका मानिसलाई अझ विशेष तवरले बेरेर अन्यत्रै पठाउनुपर्छ ।

बुर्गेमो अस्पत्तालबाट लास ओसार्न मात्रै बुधबार १५ वटा सैनिक ट्रक र ५० जना सेना खटिएका थिए । ईटालियन मेडियाहरुका अनुसार हिजो उक्त अस्पत्तालबाट बाहिर निकाल्नुपर्ने ७० वटा लास थिए ।

(क्रेमोना अस्पत्तलमा मास्क र भाइरसबाट बच्ने ड्रेस लगाएर कोरोना भाईरस लागेका एक विरामीको उपचार गर्दै) 

(उत्तरी इटालीको स्पेदालि दि ब्रेस्सिया अस्पत्ताल भित्रको एक द्रिष्य । यो कोरोना भाईरसबाट अति प्रभावित मध्ये एक क्षेत्र हो )

(क्रेमोना अस्पत्तालको एक वार्डमा भाईरसबाट जोगिने वस्त्र र मास्क लगाएका एक चिकित्शक )

(बेर्गामो अस्पत्ताल बाहिर लास लिन कुरिरहेका ट्रक र ईटालियन सैनिक । त्यहाँको अस्पत्तालका स्थानिय कर्मचारीले दिनको २४ लास ब्यवस्थापन गरिरहेका छन्)

(बोर्गेमोको चिहान घर भरिएपछि लासहरुलाई लोम्बार्दिय प्रान्त बाहिर लैजान लाम लागेका सैनिक ट्रकहरु)

(बेर्गेमोको चिहान घर भरिएपछि लास घर बाहिर लानुपर्ने भएपछि म्रितकका परिवारसित छलफल गर्दै ईटालियन सैनिक)

(बेर्गेमोको लासहरु लिएर अन्य प्रान्तमा लैजान हिँडेका ईटालियन सैनिक ट्रकहरु)

(हातमा पोको बोकेका ईटालियन सेना र मास्क लगाएका इटालियन प्रहरीहरु)

(बुर्गेमोको पोते सान पियानो अस्पत्तालमा लास राख्न बनाइएका बाक्सा र तयार पारिरहेका कर्मचारी)

                                                            बुर्गेमोबाट लास बोकेर हिँडेका सैनिक ट्रक)

तपाइँको प्रतिक्रिया