पिसाब तुरुक्क नपारी साथी चिन्दैनन् हात्ती

r209268_801399आँखाले प्रष्टै देख्छन् । कान छन् नाङ्ला जत्रा मजाले सुन्छन् छिस्रिक्क गरेपनि । स्मरण शक्ति त झन् यति तगडा हुन्छ कि चार पाँच वर्षको उमेरमा हजुरआमासित एक पटक हिँडेको जंगलको बाटो ५० वर्ष पछिपनि ठ्याक्कै संझन्छन् । तर आफ्नै साथीचाहिँ चिन्न नसकेर पिसाब तुरुक्क तुरुक्क तुर्क्याउनुपर्ने ! कस्तो अचम्म !

हो, अफ्रिकी हात्तीहरुले आफ्ना साथी को हुन् भनेर चिन्न पिसाब तुर्क्याउनुपर्छ । पिसाबमा भएको मोलिक्युलर कम्पोजिसन (molecular composition) का आधारमा मात्रै तिनले आफ्ना साथी चिन्छन् । साथी मात्रै चिन्ने हो र ? अफ्रिकि हात्तीले पिसाबको गन्धका आधारमा उसका दर्जनौं जिज्ञासा के छन् भन्ने पनि पत्ता लगाउँछन् । तिनको शक्तिशाली नाकले चाहिँ सथीहरु कहाँ छन् भनेर थाह पाउँछन् । सन् २००७ को बिज्ञान पत्रीका बायोलोजी लेटर्सलाई उध्रित गर्दै एएफपीलेले जनाए अनुसार हात्तीले आफ्नो आहारबिहार राम्ररि गर्नकालागि उसको स्मरण क्षमता निकै तगडा हुनुपर्छ । किनभने हात्तीहरु प्राय: समूहमा हुन्छन् र कहिलेकाहिँ त सयवटाको संख्यामा सँगसँगै चर्छन् । त्यसरि ति सबैलाई आहार पुग्न निकै लामो क्षेत्रको यात्रा गर्नुपर्छ ।

 स्कटल्याण्डको सेन्ट एन्ड्र्यु विश्व बिद्दालयका प्राध्यापक रिचार्ड बायेर्नलेअफ्रिकाको केन्यास्थित एम्बोस्ली राष्ट्रिय निकुञ्जका जंगली हात्तीहरुको अनुसन्धान गरेका थिए । बोयर्न लगायत बेलायत र केन्याका बैज्ञानिकहरुले अवाजको प्रयोग सिक्दै गरेका बच्चा हात्तीदेखि कुनै समूहमा आएर मिसिने नव आगन्तुकसम्मको आवाजको गतिबिधी संबन्धि अध्ययन गरे ।

 ढोई (पोथी हात्ती) को पिसाबमा माटो मिसाएर तिनले हात्ती हिँड्ने बाटोमा राखिदिए अनुसन्धानका क्रममा । त्यसरि तिनले ३६ वटा भिन्ना भिन्नै हात्तीका परिवार हिँड्ने बाटोमा राखेर प्रतिक्रिया लिएका थिए । हात्तीले त्यो सुँघ्दा आफ्नो भन्दा भिन्नै समूहको परे उति वास्ता गरेनन् । तर आफुलाई पहिचान भएको जस्तो गन्ध आउनासाथ ति रोकिए । सुँडले निकै बेर सुँघे र जानकारि लिन खोजे । त्यस्तो पहिचान भएको गन्ध आएको हात्ती पहिले कुनै बेला आफ्नै समूहको भएको, पछि छुट्टिएको, समूह धेरै ठुलो भएर बिभाजित भएको, समूहलाई उछिनेर अगाडि बढेको, अल्मलिएको,वा निश्चित समयकालागि अन्यत्र पुगेकोले चासो राख्थे । त्यसरि जुन गन्धमा चासो राख्छन् ति आफ्नै समूह वा परिवारको भनेर बुझिन्थ्यो ।

तपाइँको प्रतिक्रिया