न पासपोर्ट न भिसा, अष्ट्रियाको पार्कमा नेपाली जंगे

बिदेश उड्न पासपोर्ट र भिसा नै नभई पाइन्छ ? तर उ उड्यो । पश्चिमी मुलुकको भिसाका लागि यति बिघ्न कडाइ हुँदा उसलाई केहि चाहिएन । बरु नेपाली अधिकारीहरुनै दौडे उसको लागि अष्ट्रिया उड्ने कागज बनाउन । विमानस्थलमा कुनैपनि भन्सार जाँच, शरिरको निगरानी र निरिक्षण नभै उ चाहिँ सिधै विमानको डिब्बामा पुग्यो । झन राजाको चुरीफुरी चलेका बेला युवराज सँगै उड्यो उ एउटै बिमानमा । युवराजको धेरै सुम्सुम्याई खाई खाई उड्यो बिदेश यात्रामा । १२ घण्टापछि अष्ट्रिया आइपुगेको उसलाई छोडेर राजकुमार पारस फर्के स्वदेश । उ अहिलेसम्म टहलाईरहेछ अष्ट्रियाको राजधानी भियना पार्कमा । सन् २००६ मा आएको उ अहिले सम्म न जागिर खान्छ । न खानु जरुरि नै छ । बरु नेपाली जंगेलाई हेर्नेको बिहानदेखि बेलुकासम्मै भिड लाग्छ । को होला त्यो नेपाली जंगे ?

Vienna-Hungary 438

कलिलै उमेरमा आमा मारिएपछि टुहुरो बनेको जंगे मानव रेख देखमा हुर्किएको थियो चितवनको जंगलमा । त्यतिबेला उसको नाम जंगे राखेका थिए ।

Vienna-Hungary 428

हो यो त्यहि जंगे हो सन् २००६ मा सारा नेपालीको तिब्र बिरोध छलेरपनि तत्कालिन यूवराज पारश शाहले अष्ट्रिया सरकारलाई उपहार दिन ल्याएका थिए । भियना पार्कमा छोडेर गएका थिए ।

Vienna-Hungary 434

केहि गर्नु पर्दैन यो जंगेले। उ यता डुल्छ उता फर्कन्छ । मुस्किलले भेटिने घाँस टिप्छ, टहलाउँछ । यत्तिकैमा उसका दिन बित्छन् । तर उसले जे गरोस, जता जाओस उतै हरेक दिन सयौं क्यामरा सोझिन्छन् । आँखा ताकिन्छन् । उसको अंग अंगका बारेमा कुरा हुन्छ, प्रशंसा गरिन्छ ।

Vienna-Hungary 429

चितवनको नारायणी र रापती नदी बिराना भए । आमा सँगै दौडिएको  ढुंग्रे खोला र खगेरी खोलापनि उसले पाउने छैन । तर चर्को गर्मीमा डुबुल्की मार्न उसलाई त्यहिँ ए टा सानो आहाल भने छ । उ त्यहिँ घरी घरी फर्की फर्की खेल्छ। शितलता थप्छ । हिलोमा मुछिएर किरा भगाउँछ । अनि बन्छ वालवालिकाको तारो । जंगलमा लुक्दै, भाग्दै र छोपिँदै हिँड्ने उसका यहाँ भने हरेक क्रियाकलाप सार्वजनिक बनिदिन्छन् ।

Vienna-Hungary 431

Vienna-Hungary 423

त्यहाँ जंगेको एउटा मूर्ती बनाइएको छ धातुको । त्यसलाई समग्रमा जंगेकै जातको प्रतिमूर्ती भन्नपनि सकिन्छ नै । वालवालिकालाई गैंडा बारे आकर्षण थप्न र मनोरञ्जन दिन । वालवालिकाहरु त्यहिँ चढ्छन्  र जंगे हेर्दै रमाउँछन् ।

Vienna-Hungary 437

चलायमान जंगे मात्रै होइन, उसलाई भित्तामा हेरेर जानकारी लिनेपनि निकै हुन्छन् ।

Vienna-Hungary 419

कति आकर्षण रहेछ त जंगेको ? जंगे त्यो पार्कमा पुगेपछि एउटा भट्टीनै बन्यो-राईनो बार भन्ने । त्यसको बरण्डामा बस्ने, जंगे हेर्दै उसैका नाममा हुस्कीको चुस्की र रक्सीको स्वाद मार्ने ।

तर जंगे त्यति बेला उपहारका रुपमा दिएको भनिएपनि ठुलो रकम लिएर त्यो रकम हिनामिना गरिएको रहेछ । अष्ट्रियाबाटै निस्किएको एक दैनिक पत्रीकाको समाचार अनुवाद हेर्नुस तल ।

अनुदानमा हिनामिनाको काण्ड

हाम्रा उच्च पाहुना, नेपालका युवराज पारस जसले सन् २००६ मा हाम्रो चिडियाखानालाई दुई वटा एक-सिङ्गे दुर्लभ गैंडा उपहार दिएका थिए, त्यस सम्बन्धमा विवाद। अहिले मात्र भित्री कुरा खुलेर बाहिर आउँदैछ। श्योन्ब्रुन चिडियाखानाले गैंडाको बदलामा दिएको झन्डै १,३४,००० युरो (एक लाख चौंतिस हजार युरो) नेपाली राजपरिवारले उद्देश्यहीन पार्टीहरुमा उडाएको हुनसक्ने मानिएको छ।

लगाईएका आरोपहरु सत्य हुन् : जाँच अधिकारीहरुका अनुसार नेपाली राजपरिवार मध्ये राजा ज्ञानेन्द्र र युवराज पारसका निम्ति वर्षौंसम्म (महेन्द्र) प्रकृति संरक्षण कोषबाट दसौं लाख युरो झिकिएको छ। “लोपोन्मुख वन्यजन्तु र वनस्पतिको संरक्षण र हेरचाहमा खर्च गर्नुको साटो बिभिन्न देशहरुबाट अनुदत्त कोष भव्य भोज-भतेर, पार्टी, देश-विदेश भ्रमण तथा महँगा सौन्दर्य-शल्यक्रिया (Beauty Operation) इत्यादिमा उडाईयो”, एक जना जाँचकर्ता भन्छन्।

सबैभन्दा नकारात्मक कुरा : जाँचकर्ताहरुका अनुसार पारस र उनको समुहले ती दुई अत्यन्तै दुर्लभ एक सिंगे गैंडाहरु, जसको नाम क्रमश: जङ्गे र  सुन्दरी हो र तिनीहरुको व्यवस्थापन खर्च पनि तुलनात्मक रुपले असाध्यै धेरै छ, एक आपातकालीन बिक्री अन्तर्गत यहाँ भियनामा ल्याई पुर्‍याएका थिए अनि यसको बदलामा श्योनब्रुन चिडियाखानाबाट १,२२,००० युरो भन्दा बढी रकम सहयोगस्वरूप र अतिरिक्त १२,००० युरो Friends and Visiters of Zoo बाट कुम्ल्याएका थिए।

दाताहरुको कृपाले : नेपाली युवराज आफ्ना ३० जना चम्चाहरुलाई पछि लगाएर भियना आईपुगे अनि ७,३५,००० युरो (झण्डै ने.रु. ८ करोड) ऐश गरी उडाएर गए, जुन नेपाली परिवेशमा मध्य स्तरको आर्थिक गड्बडी सुधार गर्न पर्याप्त रकम हो। 

यो समाचार भियनमाण्डु वर्डप्रेस डटकमबाट लिईएको हो

तपाइँको प्रतिक्रिया