समाचार

कस्तो होला त आज ज्ञानेन्द्रको पत्रकार सम्मेलन?

जुन ११, २००८

गणतन्त्र घोषणासगै नागरिक बनेका ज्ञानेन्द्रले आज पत्रकार सम्मेलनगर्दै छन। पत्रकारिता देखि उनको मोह र बित्रिष्णा पहिलेदेखिनै गज्जबकै हो। शाह वम्शिय इतिहासमै उनी पत्रकारिता प्रेमी (वा लोभी?) भनेर चिनिन्छन। आफ्नो तानाशाही ब्यवस्था टिकाउन उनले कम्ति गरेका होइनन पत्रकार...

आइतबार ज्ञानेन्द्रको दरबार छोड्ने साईत !

जुन ६, २००८

दरबार र दरबारियाका बारेमा सुइको पाउन सजिलो पक्कै छैन। उनीहरुकै ठेगान नभएपछि तिनका स्रोतको पनि ठेगान हुने भएन। अहिले त झन दात र दाह्रा भाचिएर मासु लुछ्न नसक्ने भएझै भौतारिएको बाघ जस्तो भएको छ सिगो दरबारिया परिवार।...

बेलायतमापनि माओवादी क्याम्प ?

मे १७, २००८

सात समुद्र पारीको बेलायत। त्योपनि माओवादीको कटु आलोचक मध्येको एक मुलुक। माओवादी बिद्रोहीहरुलाई दबाउन हेलिकोप्टर सहयोग गरेको। त्यस्तो देशमा माओवादीकै क्याम्प। कसरि पत्याउनु ? तर वास्तबिकता थाह पाएपछि नपत्याई होला र ?...

पद जोगाउन गरे कटुवाल ले बिदेशीसँग हारगुहार

मे १४, २००८

पद र कुर्सी भन्ने कुरा बडो अचम्मको रहेछ । सबै मरिहत्ते गर्नुपर्ने। आफैले टक्कर दिएकासँगपनि लम्पसारपर्ने। केहि सिप नलागे पद जोगाउन बिदेशीलाई हारगुहार गर्ने। माओवादी अध्यक्ष प्रचण्डसँग त्यत्रो टककरमा उत्रिए रुक्मांगत कटुवाल। नेपाली सेनाका बारेमा प्रचण्डले केहि...

राजाको प्रस्ताव प्रचण्डलाई अमान्य

मे १२, २००८

अहिले राजतन्त्र कसरि जोगाउने भन्ने चिन्ता दरबारलाई मात्रै छैन। थप द्वन्दबिना कसरि थान्को लगाउने भन्ने पिर नेकपा (माओवादी) लाईपनि परेको देखिन्छ। राजतन्त्र बिघटनगर्ने प्रमुख माग अगाडि सारेकोले यो माओवादीका लागि संभवत सबैभन्दा ठुलो चुराजनितिक नौति नै हो।...

शक्तिकालागि फेरि दिए राजाले भाकल

मे १२, २००८

राजतन्त्रलाई घिटिघिटिमा पुर्‍याएका अरु कसैले नभएर राजा ज्ञानेन्द्र स्वयंले हो। तैपनि उनी अझै शक्ति खिच्न पाइन्छ कि भन्ने दाउमा छन। पहिले सेना, प्रहरी र सोझासाझा जनता अनी आसेपासेको आड लिन्थे। राजावादीहरुको भर पर्थे। संबिधान सभाको निर्वाचनबाट राजावादीहरुको...

संसदमा अब हँसिया हथौडा निषेध

मे ७, २००८

फासिवादी बेनितो मुसोलिनीको तानाशाहिकरणसँगपनि उनीहरुले हार खाएनन । नत पछारिएनै शितयुद्दमा । पूर्वी र पश्चिम जर्मनीको बर्लिन पर्खाल ढल्दापनि उनीहरु ढलेनन। यत्रा यत्रा तगारा र चुनौतिहरु पारगरेर खारिएको पश्चिम यूरोपकै एक शक्तिशाली कम्युनिष्ट पार्टीको हसिया हथौडा अब...

लाग्यो माओवादीपनि लुट्नतिरै

मे ७, २००८

भ्रष्टाचारीलाई कारवाहि गर्छौ। जरैदेखि फाल्छौ। वन माफियाको दोहोलो काढ्छौ। स्कूलको फि बढाउन दिन्नौ। स्वास्थ्य, शिक्षा र रोजगारीलाई मौलिक हकभित्र राख्छौ। धेरै हुनेको जमिन खोसेर सुकुम्बासीलाई दिन्छौ। दुई वर्षमा बिकासका मुल हुल्हुली फुटाउछौ। स्विट्जरल्याण्ड बनाउछौ नेपाललाई। कसका हुन...

माओवादी माग खोस्ने भारतिय योजना !

मे ५, २००८

स्वायत्त प्रदेशको माग माओवादीले निकाल्यो। सबै भाषा, भाषी र भाषिकाले समान अधिकार पाउनुपर्छ भनेर उराल्ने माओवादीनै हो। जातिय स्वायत्तता माओवादीकै माग हो। तर आफैले निकालेको, परिचित गराएको माग माओवादीले तराईमा जोगाउन सकेन। एउटा गैर्‍ह सरकारि संस्थाकारुपमा दर्ता...

ज्ञानेन्द्र र प्रचण्ड एकै ठाउँ

अप्रिल ३०, २००८

अहिले नेपालमा सबैभन्दा चर्चामै कि त नेकपा (माओवादी) का अध्यक्ष प्रचण्ड छन कि त नेपालबाट उन्मुलन हुन लागेको राजतन्त्रका अन्तिम (?) प्रतिनिधी राजा ज्ञानेन्द्र शाह। प्रचण्डले अब कसरि सरकार गठन गर्लान? कसरि देशको भविष्य डोहोर्‍याउलान। अरु दललाई...

1 63 64 65 66