शक्तिकालागि फेरि दिए राजाले भाकल

nepal-goddess-dakchhin-kalika-nepalplus.jpgराजतन्त्रलाई घिटिघिटिमा पुर्‍याएका अरु कसैले नभएर राजा ज्ञानेन्द्र स्वयंले हो। तैपनि उनी अझै शक्ति खिच्न पाइन्छ कि भन्ने दाउमा छन। पहिले सेना, प्रहरी र सोझासाझा जनता अनी आसेपासेको आड लिन्थे। राजावादीहरुको भर पर्थे। संबिधान सभाको निर्वाचनबाट राजावादीहरुको सर्वनाक हार भएपछि भने अब उनि देवी देवतातिर भर पर्न थालेका छन। हुन त दरबारियाहरु  कमजोर भएका बेला जनता समक्ष नगएर मन्दिर र गुम्बाहरु धाउने पुरानै चलन हो शक्ति माग्दै। अहिले राजा ज्ञानेन्द्र शक्तिका लागि त्यसै गरिरहेका छन। माओवादीले दरबार छाड्न झन कडा स्वरमा उनलाई निर्देशन दिन थालेपछि छट्पटाएका छन उनी। सात राजनितिक पार्टीका नेताहरुले गणतन्त्र घोषणा गर्नका लागि संबिधान सभाको बैठकको मिति तोकेपछि त झन राजतन्त्र जोगिन्छ कि कतै भन्ने उनको बचे खुचेको आशा पनि पातालमा धसिइहाल्यो।  त्यसैले अन्तिम बिकल्पका रुपमा ईश्वरिय शक्तिको भिख माग्दै उनी आज दक्षिणकाली मन्दिर गएको खबर हाम्रा एक सहयोगिले दिएका छन।  काठमाडौंबाट १८ किलोमिटर दक्षिणपूर्वमा रहेको दक्षिणकाली मन्दिर जानेमा उनी एक्लै छैनन।  उनले राजपरिवारका अन्य सदस्यहरुपनि सँगै लिएर गएका छन। त्यहाँको कालीका देवीसमक्ष उनले पाडो, बोको, हाँस र कुखुराको बलि दिनेछन। यसरि जनावरको वली दिए कालिका देवी खुशि भएर शक्ति दिने वा मागेको पूरा गरिदिन्छन भने अन्धविश्वास रहि आएको छ।

तपाइँको प्रतिक्रिया