आइतबार ज्ञानेन्द्रको दरबार छोड्ने साईत !

दरबार र दरबारियाका बारेमा सुइको पाउन सजिलो पक्कै छैन। उनीहरुकै ठेगान नभएपछि gyanendra.jpgतिनका स्रोतको पनि ठेगान हुने भएन। अहिले त झन दात र दाह्रा भाचिएर मासु लुछ्न नसक्ने भएझै भौतारिएको बाघ जस्तो भएको छ सिगो दरबारिया परिवार। यस्तो बेलाका ज्ञानेन्द्र शाह न परे। उनको कतिखेर के योजना, धारणा र सन्कि चल्छ अनि के गर्छन के ठेगान ? सयौ वर्ष राज गरौला, गराउला भनेर दाजुको परिवास मासेर नारायणहिटी सरेका  उनलाई त्यहाबाट कुम्ला बोकेर हिड्न मुस्किल परेको पक्कै छ। त्यसैले गत हप्तानै उनले दरबार छोड्दैछन भनेर लेखियो तर मिलेन। दरबार त छोडे तर यसो मन भुलाउन बाहिरतिर गएका मात्रै रहेछन। स्रोतले दिएको जानकारी मिलेन भन्नु पर्‍यो। अहिले स्रोतले अर्को जानकारि दिएको छ। भोलि शनिबारसम्ममा उनका सामान र पोका पुन्तुरा कसेर सकिन्छ। अनि त्यहि अनुसार पर्सि आइतबर उनले नारायणहिटी छोड्ने मेसो गरेका छन।

उनले नारयणहिटी अहिलेसम्म किनपनि छोडेनन भने उनलाई सुरक्षाको डर थियो। जिवनभर अपराधै अपराध गरेपछि पाईला पाईलामा डर र त्रास, लुछिहाल्छन कि गाडि रोकेर भन्ने लाग्दो हो। तर अब उनी बचिन्छ भनेर अलि ढुक्क भए होलान। किनभने सरकारले उनकालागि केहि सेना र ससस्त्र प्रहरीको ब्यवस्था गरिदिएको छ। उनको सुरक्षाको लागि तोकिएका सेना र प्रहरी आज स्यालुट ठोक्दै नागार्जुनस्थित उनि बस्ने दरबारमा पुगेकाछन। सुरक्षाकर्मीहरु पुगिसकेकालेपनि उनले अब नारायणहिटी छोड्ने साईत आइतवारकालागि जुराएको हुनुपर्छ। तर दरबारको कुरा हो ठोकुवानै गर्न चाहि सकिदैन।

तपाइँको प्रतिक्रिया