संसदमा अब हँसिया हथौडा निषेध

communist-party-of-italy-nepalplus.jpgफासिवादी बेनितो मुसोलिनीको तानाशाहिकरणसँगपनि उनीहरुले हार खाएनन । नत पछारिएनै शितयुद्दमा । पूर्वी र पश्चिम जर्मनीको बर्लिन पर्खाल ढल्दापनि उनीहरु ढलेनन। यत्रा यत्रा तगारा र चुनौतिहरु पारगरेर खारिएको पश्चिम यूरोपकै एक शक्तिशाली कम्युनिष्ट पार्टीको हसिया हथौडा अब संसदमा बर्जित हुने भएको छ। चुनौतिहरु त्यो बेला भन्दा अहिले कम त छन तैपनि अस्ताउन थालेको छ। इटालीको कम्युनिष्ट पार्टी कुनै बेला पश्चिम यूरोपकै सबैभन्दा प्रभावकारि पार्टी थियो। उसले संसद थर्काउँथ्यो। सडक हल्लाउँथ्यो। अनि हल्लाउँथ्यो पूँजिवादीहरुका मुटुपनि। 

त्यस्तो शक्तिशाली पार्टी खिइँदा खिइँदै अब संसदमा शुन्य उपस्थितिमा पुग्न थालेको छ। इटालिको कम्युनिष्ट पार्टीले गत निर्वाचनमा हार खाएपछि अब दोस्रो विश्वयुद्दपछि पहिलो पटक संसदमा हसिया र हथौडाको उपस्थिति निषेध हुने भएको हो। लाजमर्दो त के भएको छ भने उनीहरुले त्यहाँको हरियाली पार्टीसँगपनि तालमेल गरेका थिए। त्यसो गर्दा करिब ८ प्रतिशत भोट आउला भन्ने आशा गरेका थिए। तर तिनको मुल्याकनलेपनि नेपालमा एमाले र कांग्रेसकोले झैं हावा खायो। आयो जम्मा तिन प्रतिशत मत। सन २००६ मा भएको निर्वाचनमा दश प्रतिशत मत ल्याएका थिए तिनले। 

तानाशाह मुसोलिनीले इटालीको कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएको थियो। तरपनि तिनले नाजी प्रभुत्व र तानाशाहीकरणका बिरुद्द प्रमुख भूमिका खेले। सन १९७० को निर्वाचनमा उनीहरु तेस्रो स्थानमा थिए संसदमा। गत संसदमापनि सभामुख कम्युनिष्ट पार्टीकै प्रतिनिधी थिए। संसदमा कम्युनिष्टहरु शुन्य उपस्थितिमा हुने भएपछि प्रतिकका रुपमा राखिएको रोम शहरको मध्य भागमा रहेको हसिया र हथौडा अंकित झण्डा अब के होला ? इटालीमा चिन्ता र जिज्ञासा दुबै छन। 

इटालीमा कम्युनिष्टहरुले सरकारमापनि जाने र बाहिर बसेरपनि बिरोध गर्ने गरे । भूमिका स्पष्ठ देखिएन। त्यो जनताले रुचाएको देखिएन। पहिलेका धेरै कम्युनिष्ट नेताहरु बदलिदो परिस्थिति सुहाउँदो निति नभएपछि कि त समाजवादी पार्टीहरुमा लागे कि त नाम मात्र कम्युनिष्ट राखेर  अन्य दल खोले। कोही समाजवादी प्रजातान्त्रिक दलहरुमा मिसिए। इटालीको कम्युनिष्ट पार्टीले जनताको भावना अनुसार नितिहरु दिनै सकेन। नत समाज बदल्न सक्यो नत पार्टीनै बदलियो। अन्तत: उनीहरुले हसिया हथौडालाइ संसद भित्रिन नपाउनेगरि अन्त गराएर छाडे

तपाइँको प्रतिक्रिया