राजाको प्रस्ताव प्रचण्डलाई अमान्य

अहिले राजतन्त्र कसरि जोगाउने भन्ने चिन्ता दरबारलाई मात्रै छैन। थप द्वन्दबिना कसरि थान्को लगाउने भन्ने पिर नेकपा (माओवादी) लाईपनि परेको देखिन्छ। राजतन्त्र बिघटनगर्ने प्रमुख माग अगाडि सारेकोले यो माओवादीका लागि संभवत सबैभन्दा ठुलो चुराजनितिक नौति नै हो। त्यसैले राजालाई ससम्मान तरिकाले दरबारबाट बाहिर निकाल्न माओवादी नेताहरु गोप्यरुपमा राजाका सहयोगीहरु मार्फत छलफल गरिरहेका छन।   

माओवादी अध्यक्ष प्रचण्डले पटकपटक राजाका सहयोगी कमल थापासँग वार्ता गरेको सार्वजनिक भइरहेको छ। राजाले दरवार छाड्नु पूर्व केहि शर्त राखेकाले ति शर्तहरुलाई कसरि टुंगो लगाउने, कुन कुन शर्त माओवादीहरु मान्न तयार भनेर पनि थप वार्ताहरु भैरहेका छन। त्यसैकालागि कमल थापा र माओवादी प्रचण्डबिच फेरि वार्ता भएको छ। अघिल्लो पटक प्रचण्डले राखेका शर्तहरु राजा समक्ष पुर्‍याएका थिए थापाले।

अहिले ति शर्तमा राजाका धारणाहरु लिएर छलफलकालागि थापाले प्रचण्डलाई भेटेको हाम्रा एक सहयोगिले बताएका छ्न। राजाले आफु पूर्णरुपमा सबैधानिक भएर बस्न तयार भएको र माओवादीलाईसरकार चलाउनमा कुनै बाध नदिने बताएछन। उता माओवादीले भने त्यसरि संबैधानिक राजाका रुपमा राख्दा फेरि कुनै बेला कु गर्न सक्ने भएकोले राजाको त्यो शर्त अमान्य रहेको अडान प्रचण्डले दोहोर्‍याएछन। मुसा र विरालाको खेल जस्तो यो आदानप्रदान कहिले सम्म चल्ने हो? प्रचण्डले थप के के शर्त राखेका थिए भन्ने चाहिँ थाह पाइएन। थापाले आजै बिहान काठमाडौ नयाँबजारस्थित प्रचण्डको निवासमा गएर भेटेका रहेछन।

तपाइँको प्रतिक्रिया