पद जोगाउन गरे कटुवाल ले बिदेशीसँग हारगुहार

nepal-army-chief-rukmagat-katuwal-nepalplus.jpgपद र कुर्सी भन्ने कुरा बडो अचम्मको रहेछ । सबै मरिहत्ते गर्नुपर्ने। आफैले टक्कर दिएकासँगपनि लम्पसारपर्ने। केहि सिप नलागे पद जोगाउन बिदेशीलाई हारगुहार गर्ने। माओवादी अध्यक्ष प्रचण्डसँग त्यत्रो टककरमा उत्रिए रुक्मांगत कटुवाल। नेपाली सेनाका बारेमा प्रचण्डले केहि भने त्यसको दश हात माथि उफ्रेर प्रतिवाद गर्थे।  व्यवहार पुरै पानी बारबार जस्तो। प्रचण्ड गएको कार्यक्रममा सहभागिनै हुन्थेनन उनी सकभर। अहिले प्रचण्डकै नेत्रित्वमा बन्ने (बन्छ बन्दैन भरपक्का त छैन तर बन्ने अवस्था देखिएकोले) सरकारमा पनि आफ्नो सैनिक प्रमुखको पद जोगाउन मरिहत्ते गरेका छन। त्यो पद जोगाउनकालागि उनले संभावित सरकार प्रमुख वा त्यो पार्टीसँग नभएर बिदेशीसँग आग्रह गर्दै हिँडेका छन।

उनि त्यसैको लागि छिमेकि मुलुकका रक्षा सहचारीहरुसित भेटघाट गर्ने र डिनरमा सहभागि हुने गरेका छन। स्रोतका अनुसार गत बिहीबार उनी भारतिय दुतावास पुगेका थिए। त्यहाँ उनले माओवादीसँगको गुनासो पोख्दै पद जोगाइदिन आग्रह गरेका थिए। त्यतिले मात्रै उनलाई पुगेनछ। यहि सोमबार उनी फेरि चिनिया कर्णेलको निवासमा पुगेका थिए। त्यहाँपनि उनले आफ्नो पद जोगाउनकालागि भुमिका खेलिदिन आग्रह गरेका थिए। उनले आफुलाई सैन्य प्रमुखको पदमा यथावत राख्न माओवादीमाथि दबाबकालागि आग्रह गरे। नेपाली सेना परिवर्तित अवस्थामा सरकारी निर्णय मान्न तयार रहेको भन्ने उनको भनाई थियो बिदेशीहरुसँग।

तपाइँको प्रतिक्रिया