बेलायतमापनि माओवादी क्याम्प ?

सात समुद्र पारीको बेलायत। त्योपनि माओवादीको कटु आलोचक मध्येको एक मुलुक। माओवादी बिद्रोहीहरुलाई दबाउन हेलिकोप्टर सहयोग गरेको। त्यस्तो देशमा माओवादीकै क्याम्प। कसरि पत्याउनु ? तर वास्तबिकता थाह पाएपछि नपत्याई होला र ?

माओवादीहरुले संबिधान सभाको निर्वाचन गतिलो हातलागि गरेपछि माओवादी त हौसिनेनै भए। ओ हो हो अन्य मूलुकका कम्युनिष्टहरुपनि कम्ति रौसिएका छैन। त्यसरि रौसिनेमा टर्किस कम्युनिष्ट पार्टी माओवादी (टकपा-माओवादी) पनि हो। यूरोपेली मुलुकहरुमा बाक्लै उपस्थिति भएको टकपा-माओवादीले बेलायतमा माओवादी क्याम्प खडा गर्न प्रस्ताव गरेका छन आफ्ना कमरेडहरुसमक्ष।

त्यस्तो क्याम्प राख्ने प्रस्ताब जुलाई महिनाको ४ तारिखदेखि ८ तारिखसम्म बेलायतको डर्बिसायर (Darbishaire)  भन्ने ठाउँमा गरिएको छ। तर त्यो क्याम्प भने लडाकुहरु लाई तालिम दिन र कुनै चौकि हान्ने तरिका सिकाउन भने पक्कै होइन। त्यहाँ सहभागि हुनेले पुरै सैनिक परेड खेल्नुपर्ने भन्ने पनि छैन। र गोप्य राख्ने योजना पनि छैन। क्याम्प खुला राख्ने र त्यहाँ माओवादी समर्थक, शुभचिन्तक र जिज्ञासुहरु सबै जान सकिने बताइन्छ। पुरै समय वा एकाध घण्टा उपस्थिति जनाउने वा अवलोकन गर्ने छुटपनि हुने छ। त्यहाँ राजनितिक र सामाजिक विषयका विविध पाटाहरुबारे छलफल गरिने छ।  

बरु नेपालमा जनसेनाले कसरि सुरक्षा क्याम्प हमला गर्थे, कसरि घाईते “कमरेड” हरुलाई ओसार्थे, कसरि उपचार गर्थे र कब्जामा रहेका सरकारि सुरक्षाकर्मीलाई कस्तो ब्यवहार गर्थे भनेर माओवादीले बनाएका भिडियो द्रिश्य देखाउने योजना समेत रहेको छ। माओवादीहरुलाई बिदेशबाट कसरि सहयोग गर्न सकिन्छ भन्ने आशा र संभावनाहरुको खोजिपनि गरिने छ। यो ठाउँमा पैदल यात्रागर्ने योजनापनि बनाएका छन उनीहरुले। यो कार्यक्रम राख्नुको मुल कारण माओवादी संबन्धि धारणाहरु बुझ्नु, सहयोगका संभावनाको खोजि गर्नु, छरिएर रहेका माओवादीहरुलाई एकता गराउनु रहेको बताइएको छ।

तपाइँको प्रतिक्रिया