संविधान सभा

चार दिनमा नेपाल झ्याप्पै ?

मे २०, २००८

नेपाल झ्याप पार्न कति दिन लाग्ला ? जम्मा चार दिन। माओवादीहरुले नेपाल चार दिनमै झ्याप पार्ने आशा र विश्वाश लिएका छन। त्यत्रो देश कसरि होला त चारै दिनमा झ्याप्प ? तर माओवादीहरुले त्यहि अड्कलका आधारमा अहिले ब्यापकरुपले...

प्रचण्डले पुष्टि गरे नेपालप्लसको समाचार

मे १७, २००८

मैले हिजो मात्रै लेखेको हुँ गणतन्त्र घोषणा गर्ने दिनको संभावित खतरालाई ध्यानमा राखेर माओवादीले ब्यापकरुपमा जनपरिचालन गर्ने भनेर। राजाको केहि सिप लाग्दैन, चुपचाप लाग्छन भनिएपनि माओवादी मुल्यांकन फरक छ भनेरपनि लेखेकै हो। आज काठमाडौंको मातातिर्थमा भएको एक...

गणतन्त्र घोषणामा बाधा गरिए जेठ १५ बाटै जनबिद्रोह

मे १६, २००८

जेठ १५ गते नेपालको लागि एक ऐतिहासिक दिनका रुपमा आउँदैछ। राजतन्त्रलाई समाप्त पारेको घोषणा गर्ने दिन। नेपालीहरुकालागि भाग्य रेखा कोर्ने दिनपनि बन्न सक्छ। चुनौतिको दिनपनि। परिक्षणको घडिपनि। राजा ज्ञानेन्द्रकालागि भने एक कलकको दिन। अर्थात आफ्ना पूर्खाले सिर्जेको...

राजा निकाल्न बल प्रयोग गरिने

मे १३, २००८

गणतन्त्र नेपाल त हुने नै थियो। त्यो तेस्रो जनआन्दोलन लगत्तै हुनुपर्थ्यो। केहि पार्टीका नेताहरुको कमजोरीले भएन। गणतन्त्र नेपाल होला होला भन्दा भन्दै पनि जन आन्दोलन भएकै वर्ष दिन भन्दा बढि बित्यो। जन आन्दोलनसँगै गणतन्त्र घोषणा नगर्नाले बिदेशी...

गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिपनि गिरिजा ?

मे ७, २००८

नेपाललाई कसरि गणतन्त्र घोषणा गराउने, कसरि राजालाई नारायणहिटीबाट बाहिर निकाल्ने, कसरि जनसेनालाई नेपाली सेनामा एकिकरण गर्ने, गणतन्त्र नेपालको नेत्रित्व कसले कसरि गर्ने? यि विषयमा सात पार्टी, हालैको निर्वाचनबाट आएका नयाँ पार्टी र माओवादीबिच एक मत छैन। हुने...

कांग्रेसलाई माटोमै मिलाउने मेसो

अप्रिल २१, २००८

चुनावमा सर्वनाक हारको लड्डु पाएपछि कांग्रेस रन्थनिएको छ। त्यो स्वभाविकै पनि छ। सरकार बाहिर बस्न नजानेको पार्टी भएपछि त्यसो हुनु अस्वाभाबिक होइन। अहिले उ चुनाव कसरि हारियो भनेर हेर्दै छ। ठिक हो, जुन कुराको पनि मुल्यांकन हुन्छ।...

प्रचण्डले भेट्ने नै भए त राजालाई ?

अप्रिल १९, २००८

माओवादीलेको नेत्रित्वमा सरकार बन्ने भएपछि ज्ञानेन्द्र आत्तिनेनै भए। राजतन्त्र समाप्त पार्ने प्रमुख मुद्द बोकेर लडाई गर्दै आएको त्यही पार्टीले सरकार बनाउने भएपछि किन नडराउन ज्ञानेन्द्र। माओवादीहरुले के कसरि ब्यवहार गर्लान राजतन्त्रसँग त्यो पनि स्पष्ठ छैन। राज सिंहासनमा...

नमात्तियोस माओवादी, नआत्तियोस एमाले

अप्रिल १९, २००८

अहिले नेकपा (माओवादी) का नेता र कार्यकर्तामा विजयको उन्मुक्ति छाएको देखिन्छ। खासगरि तिनका कार्यकर्तामा अब राज्यनै जितियो, जे खोजेको हो त्यहि पाईयो, दश वर्षको जनयुद्द जेकालागि गरिएको थियो त्यहि भेटियो जस्तै गरेर उल्लास मनाएको देखिदै छ। अन्तिम...

सहमतिको राजनिति थाल्यो माओवादीले

अप्रिल १७, २००८

जति आलोचना गरेपनि नेकपा (एमाले) लाई केहि कुरामा प्रशंसा गर्नै पर्छ। जहाँ, जसरि, जुन शर्तमा भएपनि सरकारमा टाँस्सिइरहने परम्परालाई तोडेकोमा। हो, एमालेले त्यो गन्हाउने परम्परालाई तोडेको छ सर्लक्क सरकारबाट राजिनामा दिएर। जनताले विश्वास नगरेको भन्दै। त्यतिनै राम्रो...

राजालाई एक महिने म्याद

अप्रिल १७, २००८

आज माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले राजालाई चार हप्ताको म्याद दिएछन। गुण्टा सुन्टा कस्ने। नारायणहिटी राजदबार सर्लक्क छोडेर बाटो लाग्ने। नछोडे उनलाई चेतावनिपनि दिएका छन-चार हप्तामा संबिधान सभाको बैठक बस्छ। त्यो बैठकसम्म राजा नहिँडे त्यहाँबाट राज्यलेनै...

1 6 7 8 9 10