राजालाई एक महिने म्याद
आज माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले राजालाई चार हप्ताको म्याद दिएछन। गुण्टा सुन्टा कस्ने। नारायणहिटी राजदबार सर्लक्क छोडेर बाटो लाग्ने। नछोडे उनलाई चेतावनिपनि दिएका छन-चार हप्तामा संबिधान सभाको बैठक बस्छ। त्यो बैठकसम्म राजा नहिँडे त्यहाँबाट राज्यलेनै हटाउने। राजा सुरुक्क ईमान्दारिपूर्वक खुरुक्क गुण्टा कसेर हिँडेमा चाहि उनलाई सम्मानपूर्वक राज्यले राख्नेपनि उनले बताएछन आज राजधानीमा भएको एक कार्यक्रममा भट्टराईले। अब साच्चिकै के गर्लान त ज्ञानेन्द्रले ?
सुरुक्क हिँड्लान कि देखौंला तिम्रो पाइन भन्दै त्यहिँ बस्लान ? कोही सरक्क हिँड्छन भन्नेहरु छन। माओवादीले जितेपछि डरलेपनि हिँड्छन देशबाटै खेद्लान भन्ने डरले भन्नेहरु। अर्का थरि छन जो सेना अझैपनि राजाकै निर्देशनमा चल्ने हुनाले टेर पुच्छर लगाउनेवालामा राजा छैनन भन्छन। कोही अब सेनाले टेर्दैन राजालाई भन्छन त कोही अझैपनि राजाकै निर्देशन मान्छ अन्तिम अवस्थामा भन्नेहरु छन।
चाहे जे होस-माओवादीले ज्ञानेन्द्रलाई नारायणहिटी छोड्न भनिसके। चार हप्तामा परिणा देखिइनै हाल्ने छ। त्यसको छनक त अब छिटै देखिएला। छोडेपनि वा नछोडेपनि अब यो माओवदी र राजा दुबैकालागि ठुलो परिक्षण भने हुनेछ।




