कांग्रेसलाई माटोमै मिलाउने मेसो

चुनावमा सर्वनाक हारको लड्डु पाएपछि कांग्रेस रन्थनिएको छ। त्यो स्वभाविकै पनि छ। सरकार बाहिर बस्न नजानेको पार्टी भएपछि त्यसो हुनु अस्वाभाबिक होइन। अहिले उ चुनाव कसरि हारियो भनेर हेर्दै छ। ठिक हो, जुन कुराको पनि मुल्यांकन हुन्छ। गरिनु पर्छ। बिगतका शिक्षालेनै भविष्यको बाटो सुगम बनाउने हो । वर्तमान ठिक भए भविष्यको छनक गतिलो दिने संकेत गर्छ। तर अहिले कांग्रेसका केही जिल्ला समितिका चुनावी मुल्यांकन रिपोर्ट हेर्दा तिनले नेपाली कांग्रेसलाई अझै खाडलमा पुर्‍याउने छाँटकाँट देखिन्छ ।

 
तिनका २० वटा जिल्ला समितिले पार्टीले हार्नुको मुल कारण माओवादी ज्यादति
, त्रास, डर र धम्कि भएको रिपोर्ट पार्टीलाई बुझाएछन। तिनले आफ्ना कार्यकर्तालाई माओवादीले गाउँमा छिर्न नदिएको पनि उल्लेख गरेका रहेछन हार्नुको कारणमा। माओवादीलाई भोट नदिए हामी जंगल जान्छौ भन्दै मतदाता छेउ गएकोले पनि तिनले माओवादीलाई भोट दिएका हुन भन्ने थप कारण रहेछ कांग्रेस जिल्ला समितिहरुको।

 
हुन त तिनका रिपोर्टलाई कांग्रेसले कसरि लेला अहिल्यै भन्न सकिन्न। तर त्यो रिपोर्ट भनेको आफ्ना गल्ति कमजिरीलाई छोपेर कांग्रेसलाई अझै दलदलमा फसाउने ताल हो। अझै खाडलतिर अचेट्ने चाला। आफ्ना गल्ति छोपेर आफु बच्ने, असल देखिने र पार्टीलाई झन माटोमा मिलाउने मक्किएको चिन्तन।

चुनावमा जुन सुकै पार्टीकाले किन नहोउन भोट तान्ने त्यस्ता जुक्ति, उक्ति र उपाय निकालिहाल्छन। जहाँ जसका पाखुराले काम गर्छ, जसको बलले चल्छ त्यहाँ अलीअली त लागू भईहाल्छ। अहिलेसम्म भएका निर्वाचनहरुमा कांग्रेसलेपनि त्यो गर्दै आएको हो। भाला, खुकुरी, पाखुरा, चेन,  धम्कि, धाक र धामास कांग्रेसले जहिलेपनि प्रयोग गर्दै आएकै हो। खुम बहादुरलाई त्यहि गर्न नदिँदा सात माओवादीको ज्यान गयो। बाकस लुटेर हिँड्न नपाएकाले उनले हारे। निर्वाचनमा बाक्सै बोकेर एक छापे लगाउने गरेका रिपोर्टपनि पढ्ने, देख्ने र सुन्ने गरिकै हो। एमालेलेपनि त्यसो गर्न आफ्नो अनूकुल पर्दा छोडेको होइन नै। आफुले सकेका ठाउँमा के फोरम, के कांग्रेस, के एमाले सबैले त्यो माध्यम प्रयोग गरे।

 
तर मुल कारण यो निर्वाचनमा पक्कै ति साधन बनेनन। मुल कारणत राजनितिक
बाटो, पार्टीका मुद्दा र निति हो। नेपाली कांग्रेसले देशलाई सहि राजनितिक गति दिन नसक्नु थियो। पटक पटक सत्तामा गएको कांग्रेसले देशलाई यथास्थितिमासम्म राख्न सकेन अगाडि बढाउने त कुरै छाडौ। केन्द्दिय नेता सधैं राजधानीमा बसेर लूटमै मस्त रहे। जिल्ला तहका नेता कि त राजधानी बस्ने कि त सदरमुकाममा अड्डा जमाउने गरिरहे। कुनैपनि राष्ट्रिय मुद्दाको हल कांग्रेसले गर्न सकेन। राजतन्त्रका अगाडि सधैं लम्पसार परिरह्यो। कांग्रेसकै असफलताको कारण देशले १० वर्ष द्वन्द बेहोर्नुपर्‍यो। जनतालाई सधैं महगी, बेरोजगारी, अभाव र अत्याचारको पोको बाँडेर कांग्रेस लुट्नैमा मग्न रह्यो। प्रजातन्त्रको नारा लिएर उ जनतामा जान सक्ने अवस्थानै थिएन किनकि उसको पार्टी भित्रै प्रजातान्त्रिक संस्कार थिएन।  चुनावमा आश्वास त बाँड्यो तर सधै रित्तो राखिरह्यो।  जनताकहाँ जाने कुनै नैतिक धरातल रहेन।

 
गाउँ गाउँमा पार्टी संरचना विस्तार गर्नु पर्नेमा आफ्नै पार्टीभित्रै अन्तर्घात र षडयन्त्रमा उ फस्यो। अनी यि यावत मुल कारणहरु मुल कारण लाई भासेभुसे ठानेर वा मुल कारणलाई पर्दा पछाडी लुकाएर आफ्नो हारको कारण माओवादी डर र त्रासले गर्दा हाम्रो भोट आएन  भन्नु के नेपाली कांग्रेसलाई अझैपनि माटोमै मिलाउने मेसो होइन ?

तपाइँको प्रतिक्रिया