प्रचण्डले भेट्ने नै भए त राजालाई ?

माओवादीलेको नेत्रित्वमा सरकार बन्ने भएपछि ज्ञानेन्द्र आत्तिनेनै भए। राजतन्त्र समाप्त पार्ने प्रमुख मुद्द बोकेर लडाई गर्दै आएको त्यही पार्टीले सरकार बनाउने भएपछि किन नडराउन ज्ञानेन्द्र। माओवादीहरुले के कसरि ब्यवहार गर्लान राजतन्त्रसँग त्यो पनि स्पष्ठ छैन। राज सिंहासनमा बसिराखौंला भन्ने त पक्कै आशा छैन ज्ञानेन्द्रलाई। त्यसैले बरु भारत निर्वासनमा जाने बिभिन्न हल्ला, अनुमान र अड्कलबाजी चलिरहेको छ। माओवादी पार्टी ज्ञानेन्द्रले खुरुक्क नागरिक भएर बस्न मन्जुर भए उनलाई सम्मानपूर्वक देशमा राखिने पक्षमा रहेको उक्त पार्टीका अध्यक्ष प्रचण्डले बताएका छन।

यो विषयमा आज अनलाईनखबरले एउटा चाख लाग्दो समाचार निकालेको छ। जन आन्दोलनपछि राजाले कुनैपनि हालतमा आफु निर्वासनमा नजाने बताएका थिए बिभिन्न समाचार माध्यमहरु मार्फत। तर अहिले उनले सबैभन्दा सुरक्षित भारत निर्वासनमा जानु रहेको निष्कर्ष निकालेको बताईन्छ। माओवादीले भने बरु उनलाई ससम्मान नेपालमै बस्न दिने तर भारत निर्वासनमा जाने अनुमति भने नदिने पक्षमा रहेको बताईन्छ। त्यहि प्रयोजनकालागि भनेर प्रचण्डले बिभिन्न राजावादीहरुसित छलफल चलाएकोपनि अनलाईनखबर डट कमले उल्लेख गरेको छ। त्यसैकालगि प्रचण्डले राजा निकट कमल थापासितपनि भेटघाट गरेको बताइएको छ। 

बरु स्वदेशमै ससम्मान राख्नकालागि आफु सोझै ज्ञानेन्द्रसँगपनि वार्ता गर्न तयार रहेको प्रचण्डले बताएकोपनि अनलाईन खबरले उल्लेख गरेको छ। आफु सुरक्षित र ससम्मान रहन पाए ज्ञानेन्द्र बिदेश पलायन नहुने मनस्थितिमा रहेको र त्यसकालागि ज्ञानेन्द्रका केही शर्त रहेकोपनि समाचारमा उल्लेख छ।

तपाइँको प्रतिक्रिया