गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिपनि गिरिजा ?
नेपाललाई कसरि गणतन्त्र घोषणा गराउने, कसरि राजालाई नारायणहिटीबाट बाहिर निकाल्ने, कसरि जनसेनालाई नेपाली सेनामा एकिकरण गर्ने, गणतन्त्र नेपालको नेत्रित्व कसले कसरि गर्ने? यि विषयमा सात पार्टी, हालैको निर्वाचनबाट आएका नयाँ पार्टी र माओवादीबिच एक मत छैन। हुने कुरापनि भएन। त्यसैले यि सबै विषयमा साझा उपाय खोज्न दलहरु आन्तरिक, छुट्टाछुट्टै र संयुक्त छलफलमा भिडेका छन। आजपनि त्यहि विषयमा नेकपा (एमाले), नेकपा (माओवादी) र नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्रि गिरिजाप्रसाद कोइरालाले छलफल गरेछन। नेपालप्लसको स्रोतका अनुसार आगामि सरकारबारे तिन शक्तिशाली भनिएका ति पार्टीबिच एक गोप्य सहमति भएको छ।
त्यसमा गणतन्त्र नेपालको राष्ट्रपति राख्ने तर सेरेमोनियल। कार्यकारि अधिकार नभएको राष्ट्रपति। त्यो चाहिँ गिरिजाप्रसाद कोइरालालाईनै बनाउने। अनि पूर्ण कार्यकारि अधिकार चाहि प्रधानमन्त्रिलाई दिने। त्यो प्रचण्डलाई बनाउने। अनि एमालेलाई के त? एमालेलाई चाहिँ संबिधान सभाको प्रथम सभामुख सुभास नेम्वाङलाईनै नै दिएर चित्त बुझाईदिने। गिरिजा बाबु यसैपनि सेरेमोनियलका प्रिय हुन। जुन खाले भएपनि सेरेमिनियल भन्दै आएका बिगत देखि। गणतन्त्र नेपालको राष्ट्रपति हुन पाए के चाहियो सेरेमोनियलनै सहि। उता माओवादीहरु के दाउमा छन भने गिरिजालाई अगाडि सारेर अन्तर्राष्ट्रिय जगतको समर्थन लिनपनि सजिलो हुन्छ। कांग्रेसमा बटारिनेलाई थुम्थुम्याउनपनि भयो। गिरिजाबाबुलाई गणतन्त्र नेपालको प्रथम राष्ट्रपनि मानेको भनेर फुलाउनपनि पाईने भयो। शक्तिशाली मन्त्रालयहरु यसैपनि आफ्नै हातमा आउने भएपछि सरकार यसैपनि आफैले चलाउने हो। गिरिजा बाबु देखाउने राष्ट्रपति भएर के फरक पर्छ र? फेरि प्रचण्डनै कार्यकारि अधिकारसहितको प्रधानमन्त्रि भएपछि गिरिजाबाबुलाइ यसैपनि घुमाईहाल्छ्न। यो भन्दा बढि के के मा सहमति भयो भन्ने चाहि मलाई अहिलेसम्म थाह हुन सकेको छैन।




