प्रचण्डले पुष्टि गरे नेपालप्लसको समाचार
मैले हिजो मात्रै लेखेको हुँ गणतन्त्र घोषणा गर्ने दिनको संभावित खतरालाई ध्यानमा राखेर माओवादीले ब्यापकरुपमा जनपरिचालन गर्ने भनेर। राजाको केहि सिप लाग्दैन, चुपचाप लाग्छन भनिएपनि माओवादी मुल्यांकन फरक छ भनेरपनि लेखेकै हो। आज काठमाडौंको मातातिर्थमा भएको एक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले त्यहि समाचारको पुष्टि गरेछन। त्यो समाचार यहाँ क्लिक गरेर हेर्नुहोस। उनले गणतन्त्र घोषणा गर्ने दिन जेठ १५ गते राजा ज्ञानेन्द्रले चुनौति दिन सक्ने आशंका दोहोर्याएछन। र त्यसको प्रतिकार गर्न उनले आम जनतासमक्ष जेठ १५ देखि १७ दुइ दिनसम्म सडकमा उत्रिन आव्हान गरेका छन। उनले प्रतिक्रान्तिको खतरा रहेकाले त्यसलाई चुनौति दिन सारा जनता सडकमा उत्रिनुपर्ने बताए। राजाले जस्तो सुकै बाधा स्रिजना गरेपनि कुनैपनि हालतमा जुनसुकै मुल्य चुकाएरपनि गणतन्त्र कार्यान्वयन गरेरै छाड्ने अड्डिपनि कसेका छन।




