कान्तिपुरका पत्रकार आशिस लुइटेल बेल्जियम आउँदै

कान्तिपुर प्रकाशनका युवा पत्रकार तथा स्तम्भकार आशिस लुइटेल आज बेल्जियम जाँदै छन् । उनी पेरिसको आधा साता भ्रमणपछि आज बेल्जियम जान लागेका हुन् । बेल्जियममा उनी करिब चार दिन बिताउने छन् । पेरिसमा उनले नेपाली समुदायसित भेटघाट र छलफल गरे । यहाँका नेपाली समुदाय र पेरिसको जिवनबारे उनले कान्तिपुर दैनिककालागि लगातार लेख रचना लेखिरहेका छन् ।

बेल्जियमापनि उनको नेपाली समुदायसित भेटघाट, छलफल गर्ने, नेपालीहरुका कथा ब्यथा बुझ्ने र रिपोर्टिङ गर्ने आशा राखेका छन् । त्यसपछि आगामी सप्ताहन्तमा जर्मनीको दोस्रो राजधानी बर्लिन शहर पुग्ने योजना रहेको उनले बताए । नेपालीका कथा ब्यथा कहन, अनुभवहरु साझेदारी गर्न र अन्य छलफलका लागि तपाईहरुले उनको तलको ठेगानामा सम्पर्क गर्न सक्नुहुन्छ ।

 Tel- 0033 648884755

Email- [email protected]

तपाइँको प्रतिक्रिया