प्रथम विश्व युद्दमा बेल्जियमबाट लडेका नेपाली

पहिलो र दोस्रो विश्व युद्दमा विश्वका थुप्रै मूलुकबाट लडे नेपाली । कोही बर्मा त कोही भारतीय सेनाबाट लडे । हजारौं नेपाली थिए बेलायती सेनाबाट लड्ने । त्यतिबेला थुप्रै नेपाली  मारिए । सक्ने, भेटिनेको इतिहास लेखियो । तर त्यस्ता सयौं नेपाली सेना छन् जो कहाँ कहाँ ढले ? कहाँ कसले बेपत्ता बनायो ? युद्द बन्दि बनाइएर कहाँ कसले कति कठोर यातना दियो भन्ने पत्तो छैन । बेलायती र बर्मेली सेनाको तर्फबाटपनि प्रथम विश्वयुद्दमा सयौं नेपाली बेल्जियम आएर लडेका रहेछन् । जुन नेपाली सेना त्यहाँ मारिएका थिए भन्ने बलियो प्रमाण हो । बेल्जियमको ईपेर भन्ने ठाउँ प्रथम विश्व युद्दमा जर्मन र बेलायती सेनाको रणसंग्राममा परिणत भएको रहेछ। इपेर भन्ने ठाउँको ४० किमी वरपरको क्षेत्र पुरै रक्त मैदानमा परिणत भएको रहेछ । भिडियोको बिचमा राखिएको तस्विरमा देब्रेतिरबाट भताभुंग अवस्थामा देखिने पहिलो तस्विर गिर्जा घरको हो। जर्मन सेनाले आक्रमण गरेर त्यस्तो बनाएका हुन् । बाँकि दुई तस्विर पूनर्निर्माण गरिएपछिको हो ।

त्यो रणसंग्राममा थुप्रै नेपाली सेना मारिएका रहेछन् । तर थोरै नेपालीको मात्रै तथ्यांक फेला परेको छ । जति फेला परे तिनको नाम मात्रै अहिले त्यो ईपेर भन्ने ठाउँमा प्रथम विश्व युद्दको संझनामा बनाइएको स्मारकमा  कोरिएको छ । तर त्यसको खोजिको लागि नेपालको तर्फबाट कुनैपनि निकायले चासो दिएको छैन । बरु ब्यक्तिगत तर्फबाट त्यसको खोजीका लागि लागि परेका छन् हाल ईपेर निवासी महेश थापा । भिडियोमा ब्याख्या गर्दै गरेका देखिने उनै हुन् । म भिडियो ब्लग बनाउन सिकारु अवस्थामा रहेकाले त्यति राम्रो बनाउन सकिन । अनि यो स्थलका बारेमा गोर्खाली सेनाको भूमिकाबारे लेख रचना र फोटो फिचर पछि हेर्दै गर्नुहोला।

तपाइँको प्रतिक्रिया