एन आर एन बेलायतका सदस्य र पत्रकारद्वारा लोक गायिका शाहमाथि दुर्ब्यवहार (भिडियो सहित)

 

बेलायतमा आफ्नो कला प्रस्तुत गर्न गएकी एक लोक गायिकामाथि एन आर एन ए बेलायतका सदस्यद्वारा दूर्ब्यवहार भएको छ  । नेपालप्लसलाई प्राप्त एक्सक्लुसिप भिडियोमा लोक गायिका  भूमिका शाहले आफूमाथि दुरव्यवहार भएको खुलासा गरेकी छन् ।

उनले मेगा टिभीको एक अन्तर्वार्तामा हालै भएको बेलायत भ्रमणको क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका सदस्य प्रकाश कँडेलले आफू माथि दुरव्यवहार गरेको बताएकी छन् । कँडलेले आफू प्रति रिस र डाहा गरेको बताउँदै कँडेल बेलायतमा गैरकानूनी रुपमा बसोबास गर्दै आएको दावी गरेकी छन् ।

अन्तरवार्तामा शाहले आफु बाहेक अरु कलाकार भएको भए बेचिन सक्ने दावी गरेकी छन् । शाहले कँडेललाई बानी सुधार गर्न आफूले क्षमा दिएकोपनि बताएकी छन् । उनले कँडेललाई आफूले क्षमा नदिएको भए बेलायतको कुनै जेलमा कुहिएर बस्न बाध्य हुने उल्लेख गरेकि छन् । उनले आफू बेलायत भ्रमणमा जाँदा कँडेलले पटकपटक दुःख दिएको बताइन् । बेलायतको प्रहरीलाई खबर गर्ने बताएपछि कँडेल पछि हटेकोपनि बताएकी छन् ।

कँडेल गैरआवासीय नेपाली संघ युकेको कार्यसमिति सदस्य समेत हुन् । उनी बेलायतबाट संचालित लण्डननेपालन्यूज अनलाइनको पत्रकार दावी गर्दै आएका छन् । त्यहि नाम लिएर समाजमा चन्दा संकलन समेत गर्दै आएको आरोप उनमाथि लागेको छ ।

यो भिडियोमा ३४ मिनेटपछि उनको आरोप सुन्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया