रचनाकार र संगितकारलाईनै छक्क पार्दै ११ वर्षे वालिकाले गाईन राष्ट्रप्रेमको गित

पिङ, डोरी, गट्टा र खर्ल्याङखुट्टीमा रमाउने उमेरकि हुन् यि वालिका । उनका साथीहरु मध्ये धेरैको समय खेलेर जान्छ, स्कूलको समयपछि । तर समृद्धि तिमल्सिना भने फरक छिन् । ११ वर्षमै मन छुने गित गाएर उनले धेरैको मन जितेकि छन् । निकैलाई अचम्मित पारेकि छन् । उनले गाएको गितपनि उत्तिकै मिठो छ ।

माथिमाथि हिउँचूली फेवातालमा छायाँ
किन यति धेरै लाग्छ हामीलाई देशको माया !

उनले गाएको गितको बोल हो यो । गीतकार रमेश अधिकारीले रचना गरेको यो “माथि माथि हिउँचुली” बोलको गीत शुक्रबार युट्यूबमार्फत् सार्वजनिक गरिएको हो । गीतमा चक्रपाणि तिमल्सिनाको संगीत उत्तिकै मिठो छ ।

सामाजिक संजाल फेसबुक तथा ट्वीटर मार्फत गीत सार्वजनिक गरिएको थियो । युटुवमा उनको गित सुन्नेहरुले त अचम्म मानेकै छन्, संगीतकार तिमल्सिनापनि समृद्धिको गायन प्रतिभा देखेर विश्वासनै गर्न नसकिने भन्दै आश्चर्य चकित छन् । संगीतकार तिमल्सिनाले सबै श्रोता तथा दर्शकहरुलाई यो गीत सुनिदिन र हेरीदिन अपिल समेत गरेका छन् ।

हुने विरुवाको चिल्लो पात भनेझैं बच्चैदेखि समृद्धि गीत गाउन रुचि राख्थिन् । रेडियो र टिभीमा सुनिने गितहरु गुङुनाउने गर्थिन् । उनको यो रहर झ्यांगिँदै गयो । उनले विद्यालय स्तरमा हुने गायन प्रतियोगितामा प्राय अग्र स्थानमा रहन थालिन् । उनको रहर, कला र गला भरिलो हुँदै आयो ।

राष्ट्र प्रेमको भाव बोकेको यो गीत सरल र मिठो लयमा रहेको छ । नेपाली गीत संगीत क्षेत्रमा ख्याती कमाएकी चर्चित गायीका मेलिना राईको अनुयायी र प्रशंसक समेत हुन् समृद्धि । उनले यो गीत रेकर्ड गर्दानै स्टुडियोमा भेटभएका सबै चकित परेका थिए  । समृद्धिलाई उनका बाबु चक्रपाणि तिमल्सिनाले रेकर्डिङ स्टुडियोमा लिएर आउँदा यो गीत उनले यति सहज ढंगबाट गाउन सक्छिन् भन्ने आफूहरुले अपेक्षा नै नगरेको संगीत संयोजक राजु खड्का र डिजिटल काठमाडौंका संचालक डिका गुरुङले बताए । सिद्दहस्त, स्थापित गितकारले झैं उनै असहजता महसुस नगरिकनै उनले स्टुडियोमा यो गित गाएपछि प्राविधिक, रचनाकार र त्यहाँ उपस्थितहरु उनको क्षमता देखेर छक्क परेका थिए ।

समृद्धिकी आमा बबिता खनालले गीत रिलिज भएको केहि घण्टा पछि फेसबुक मार्फत भनेकी छिन् “एउटा सानो बाल प्रतिभा भर्खर भर्खर बामे सर्ने जमर्को गर्दैछिन् । सबैको सामु एउटा देशप्रेमले ओतप्रोत भएको गीत लिएर आउँदै छिन् । यो फुल्न लागेको कोपिलालाई फक्रनको लागि यहाँहरु सबैको आशिर्वाद र माया धेरै मिल्नेछ भन्ने अपेक्षा समेत गरेकी छु ।”

खनालले गीत पुरा सुनेर मन परेमा लाइक,कमेन्ट र शेयर गर्न आग्रह गर्दै सबैको माया, साथ, हौसला र प्रेरणा सदैव रहिरहनेछ भन्ने अपेक्षा गरेकी छिन् । त्यसो त, खनाल आफैमा गीतकार हुन् । उनले रचना गरेको गीतहरु उनका पति चक्रपाणि तिमल्सिनाले लयबद्ध गरि रेकर्ड समेत गरिसकेका छन् ।

समृद्धिले सानै उमेरदेखि परिवारमा संगीतिक माहोल पाएरपनि आफूहरुले अपेक्षा गरेभन्दा उच्च कोटीको प्रतिभा देखाउन सफल भएको संगीतकार तिमल्सिना बताउँछन् । समृद्धि चितवनको स्काई राइडर आवासीय उच्च माध्यामिक बिद्यालयमा कक्षा पाँचमा अध्यनरत छिन् । उनी अध्ययनमा पनि उतिकै अब्बल रहेको बिध्यालयका गुरुहरुले बताए ।

उनको गित तलको लिंकमा क्लिक गरेर सुन्नुस्

तपाइँको प्रतिक्रिया