सोडा पिउने गर्भवती महिला: सतर्क !

तपाई गर्भवती हुनुहुन्छ ? तपाईका कोही गर्भवती छन् ? वा बच्चा जन्माउने सुरसारमा हुनुहुन्छ ? यदि स्वस्थ बच्चा जन्माउन मन छ भने ख्याल गर्नुस- ‘सफ्ट कोल्ड ड्रिङ्स्’ (चिसो पेय पदार्थ) पिउनुहुन्न । डेनमार्कका वैज्ञानिकहरूको हालै अनुसन्धानबाट त्यस्ता पेय पदार्थ पिउने गर्भवतीका बच्चा समय नपुग्दै जन्मिन्छन् । त्यस्ता बच्चा को स्वास्थ्य राम्रो हुन्न ।

ती वैज्ञानिकहरूले दैनिक चिसो पेय पदार्थ पिउने गर्भवती आमाको सबन्ध गर्भमा भएको बालबालिकासँग सिधै सबन्ध हुने भेट्टाए । ती वैज्ञानिकहरूले थोरै हो र ? ६० हजार गर्भवती महिलाको अनुसन्धान गर्दा त्यो तथ्य फेला पारेका हुन् । पेय पदार्थ मध्येपनि सोडा धेरै पिउने महिलाका बच्चा अग्रिम जन्मिने तथ्य फेला पर्‍यो । सोडा पिउँदै नपिउने महिलाका तुलनामा दैनिक सोडा पिउने महिलाका बच्चा ३८ प्रतिशतका दरले समय नपुग्दै जन्मिन सक्छन् । दिनमा चार भन्दा बढि सोडा पिउने महिलाका बच्चा अग्रिम जन्मिने खतरा त झन् ८० प्रतिशतले हुने रहेछ ।

किन हुन्छ त त्यस्तो ? सोडा पिउनाले उच्च रक्तचाप बढाउँछ । चिसो पेय पदार्थमा खासगरी राखिने गुलियोपनाले आस्पाराटम (aspartame) र साशारिन (saccharin) भन्ने तत्वहरु उत्पादन गर्छ । त्यसमापनि आस्पाराटम भन्ने पदार्थ बढि उत्पादन गर्ने रहेछ जसले अम्ल रस र फर्मलडिहाईड (formaldehyde) लगायतका विषाक्त  मिश्रणहरू उत्पादन गर्छ । त्यसले गर्भमा रहेको बालबालिकाको हाडलाई कमजोर बनाउनेपनि पत्ता लागेको छ ।

तर यस्ता पेय पदार्थहरू गर्भवती माहिलाकालागि मात्रै नभएर सामान्य नागरिककालागिपनि स्वस्थकर नहुने वैज्ञानिकहरूले उल्लेख गरेका छन् । बरु सोडाको रूपमा गुलियो र अमिलो खान मन लागे  महिलाहरूले फलफूलको रसमा थोरै कागती निचोरेर खानु उपयुक्त हुने सुझाव गरेका छन् । अथवा कम क्यालोरी भएका पेय जूसहरू खान सुझाव दिएका छन् ।

तपाइँको प्रतिक्रिया