पेरिसमा साँस्क्रितिक कार्यक्रम

आज नेपाली एकता समाजले नेपाली कार्यक्रम गर्‍यो पेरिसमा । कार्यक्रममा निकै राम्रो उपस्थिति रह्यो । यस पटक नयाँ नयाँ एक से एक कलाकार देखा परे । असाध्यै राम्रो भयो कार्यक्रम । मैले आज आफैंले भिडियो ब्लग बनाउने कोसिस गरें । एक महिना अघि पत्रकार साथी प्रवेश सुबेदीले पेरिस आएका बेला सिकाएर गएका थिए । समय अभावले अभ्यास गर्न भ्याएको थिइन । दशौं पटक कोसिस गर्दा गर्दा काम चलाउ खालको बनाउन सफल भएँ त्यो पनि करिब चार घण्टा लड्दा लड्दा । भिडियो बनाउँदा जसरि सोचेको थिएँ त्यसरि बनाउन सकिन । यसपटक मैले चाहेर पनि सबैको न्रित्य र सबै गतिबिधी समेट्न सकिन खिच्दा खिच्दै क्यामराको मेमोरी कार्डनै भरिएकोले । सकभर सबै क्रियाकलाप समेट्ने गरि भोली फोटो ब्लग राख्ने छु ।

तपाइँको प्रतिक्रिया