हराउन सक्छ सगरमाथापनि

 उनले सुनाएका धेरै चाखलाग्दा तथ्यमध्ये एउटा यहि हो-हाम्रो सगरमाथापनि हराउन सक्छ एक दिन । यो उनको मन गढन्ते कुरा होइन रहेछ । उनीसित रहेछन एक का एक तथ्य । ”

mountain-everest.jpgमैले अलि अघिल्लो फोटो ब्लगमा लेखेको थिएँ भूकम्पबारे । हो त्यहि ब्लगसँग संबन्धित हुन आजका मुल पात्रपनि । नेपाल यसैपनि अति भूकम्प जोखिम ठाउँमा छ भन्ने जानकारि थियो। नेपालको भूकम्पका बारेमा उनी दख्खल राख्छन् भनेपछि चासो लाग्ने नै भयो । एक जना परिचित फ्रान्सेली महिलाले उनिसँग मलाई सम्पर्क गराइन। इमेल पठाएँ । इमेलको जवाफ उनले फ्रान्सेली भाषामै दिए जसरि मैले उनलाई फ्रान्सेली भाषामा लेखेको थिएँ । भेटघाट गर्ने समय दिए दिउँसो २ बजेतिर । जानुभन्दा एकाध दिन पहिले भेटघाटको दिन र समयबारे फेरि फोन गरेर संझाएँ । त्यो बेलमापनि उनले फ्रान्सेली भाषै बोले । एउटा विश्व बिद्दालयको ठेगाना दिए। अनि भने-भवनको अगाडि आइपुगेपछि मोबाइलमा घण्टि मार्नु म लिन ओर्लन्छु । एकै छिनमा एउटा मान्छे परै बाट नमस्कार ! भन्दै चिच्यायो वरिपरिका सबैले सुन्नेगरि । उनिनै रहेछन । उनी नेपाली भाषा जान्दछन भन्ने कुनै सुइँको सम्म पाएको थिइन मैले र फ्रान्सेली भाषानै बोले । लौ हेर कति राम्रो फ्रान्सेली भाषा बोलेको भनेर हाँसे उनी । अनि सरासर लगे नेपाली भाषा बोल्दै कार्यकक्षमा ।

संयोग कस्तो परेको रहेछ भने उनका बिद्दार्थीको परिक्षा चलेको र उनी केहि दिनमा नेपाल जाँदै रहेछन । नेपाल जान्छु म केहि दिनमा भन्दै भन्दै प्रफुल्ल मुद्रामा थिए उनी । समय उनले बढिमा दुई घण्टा दिएका थिए । परिक्षामा गार्ड बस्न जानुपर्छ म त्यसपछि भन्दै थिए। कम्प्युटर खोलेर उनले भाकाभक समग्रमा भूकम्प भनेको के हो ? कहिले किन र कसरि जान्छ ? कसरि अध्ययन गरिन्छ ? इतिहासमा के के भएको थियो आदि बताए । कम्प्युटरमा पुरै द्रिष्यहरु तयार पारिएको रहेछ संबन्धित वर्णनलाई सचित्र पुष्टि गर्नको लागि । उनले भनेका सबै कुरा यहाँ एउटै ब्लगमा उल्लेख गर्न संभव त छैन तर उनले सुनाएका धेरै चाखलाग्दा तथ्यमध्ये एउटा यहि हो-हाम्रो सगरमाथापनि हराउन सक्छ एक दिन । यो उनको मन गढन्ते कुरा होइन रहेछ । उनीसित रहेछन एक का एक तथ्य ।

बैज्ञानिकहरुले के अनुमान गरेका रहेछन भने ७० हजारदेखि एक लाख ५० हजार वर्ष पहिले फ्रान्सको आल्प्स क्षेत्रमापनि सगरमाथा earthquake-history-of-nepal-5.jpgजत्तिकै अग्ला हिमाल थिए ।  तर कालान्तरमा ति बिलुप भए भूकम्पकै कारणले । आल्प्स क्षेत्रका विशाल हिमालहरु नासिए झै सगरमाथापनि कुनैदिन नासिनसक्छ भनेर सुनाए उनले । तर अहिलेकालागि भने सगरमाथाको उचाइ बिस्तारै अग्लिइरहेको रहेछ । कुनैदिन त्यो घट्दै गएर सबै भन्दा सानो हिमाल बन्नपनि सक्ने रहेछ । सगरमाथा खस्कँदै जाने उता केटु हिमाल ठडिँदै गएर बिश्वको सर्वाधिक अग्लो हिमाल बन्न सक्ने संभावनापनि उत्तिकै छ भन्ने उल्लेख गरे उनले । तर त्यो तत्कालै हुने प्रक्रिया भने होइन है भनेर आश्वस्त पार्दै थिए फ्रेदेरिक पेरिय।
 
हामीलाई हिमालहरु विशाल, अजंगका र अडिग लागेर के गर्नु ? ति त खुब चलायमान हुने रहेछन । लाखौ वर्षको इतिहास हेर्‍यो भने कुनै हिमाल माथि उठेको त कुनै तल खस्केको पाइने रहेछ । तत्कालकालागि सगरमाथा लगायत नेपालका अन्य हिमालहरुकोपनि उचाइ बढिरहेको छ वार्षिक चार मिलिमिटरका दरले भन्ने अड्कल बैज्ञानिकहरुले गरेका रहेछन । त्यहि कारणले रहेछ केहि वर्ष पहिले बीबीसी सेवाले सगरमाथाको उचाई ८८४८ बाट बढेर ८८५० मिटर पुग्यो भन्नुको कारणपनि । तर उनले के तर्कपनि अगाडि बढाए भने अहिलेको मौसम बदली (विश्वब्यापी तापमानका कारण) हिमालको वरफ पग्लिएर घट्न सक्ने संभावनापनि उत्तिकै छ है । अस्तिकै ब्लगमा लेखेको हो कि अहिले भारतिय उपमहाद्विप र चिनियाँ क्षेत्र एक अर्कामा नजिक नजिक सरिरहेका छन । हो, महादेशहरु त्यसरि सर्दा हिमाल अग्लिने वा होचिने रहेछ । त्यसैले तत्कालै नभएपनि सगरमाथा होचिँदै गएर दशौ लाखको अन्तरालमा हराउनपनि संभव छ भनेर बलियो तर्क गर्छन उनी।

तिब्बत अग्लिँदा बैज्ञानिकनै आश्चर्य !

चिनको तिब्बत क्षेत्र अहिले अग्लिँदै गएको रहेछ । त्यो देखेर बैज्ञानिकहरु छक्क परेका रहेछन । किन त्यसरि अग्लिँदै गएको ? तथ्य पाउन सकेका छैनन । अहिलेनै तिब्बत पाँच हजार मिटरमाथि पुगिसक्यो रे ।  हो, हिमाली क्षेत्र त ठडिएका छन । तर तिब्बत हिमाली क्षेत्रबाट निकै टाढा पर्छ नि त । अनि किन ठडियको ठडियै गरेको त्यो तिब्बत ? उनी जस्तै थुप्रै बैज्ञानिकसित रहेनछ जवाफ । सर्व साधारणलाई ब्याख्या गरेर चित्त बुझाउनुपर्ने बैज्ञानिकहरुनै लौ न के भयो भन्ने आश्चर्यमा पो रहेछन् त । हिमाली क्षेत्रबाट धेरै टाढा हुँदा पनि त्यसरि ठडिने ? उनी आफैं प्रश्न सोझ्याउँदै थिए । त्यसो त, नेपालको खुम्बुदेखि चितवनसम्मका पहाडहरुलेनै उचाई लीइरहेकारहेछन अहिले । हिमाली क्षेत्रमा भएको यो समग्र प्रक्रियानै बैज्ञानिकहरुकैलागि पनि आश्चर्यको विषय भइरहेको छ रे ।

संबन्धित ब्लग

ढोकैनिर आइपुग्यो भूकम्पको भय

(अन्य वेभ साइट, ब्लग वा पत्रपत्रिकामा प्रकाशित भइसकेका कविता, गित वा अन्य लेख रचना स्रोत उल्लेखनगरि र स्पष्ठ नपारिकन बिभिन्न ठाउँमा प्रकाशित गराउन खोज्नु वा फरक फरक ठाउँमा पठाउनु लेखकिय मान्यता बिरुद हो । नेपालप्लसकालागि त्यस्ता रचनाको खाँचो छैन।  जानाजानी त्यसरि पठाउनेहरुको रचना त के पाठक प्रतिक्रियामापनि  बन्देज गरिनेछ । नयाँ, छोटा र समय सान्दर्भिक लेख, रचना र कविताहरुकालागि स्वागत छ  । लेखकको तस्बिर र ठेगाना खुल्ने रचनालाई प्राथमिकता दिइनेछ । सन्दर्भ पुरानो नहुने खालका रचना प्रकाशित हुन दुइ हप्तासम्म लाग्न सक्छ । तपाइँले पठाएका प्रतिक्रिया नहेरिकन प्रकाशित नहुने भएकोले केही समय लाग्छ । दोहोर्‍याएर पठाउनु जरुरी छैन । आफुले लेखेको प्रतिक्रिया धेरैले पढुन् भन्ने चाहनुहुन्छ भने प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस। ब्यक्तिगत गाली गलौजमा उत्रनु भन्दा संबन्धित लेख, रचनामा आफ्ना धारणा राखेर साझेदारी गर्नुहोस । अरुको धारणामा गाली गरेर होइन कि आफुले चित्त बुझ्दो तर्क दिएरनै अरुलाई आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने नभुल्नुहोस-नेपालप्लस) ।

तपाइँको प्रतिक्रिया