कोशी पिडितलाई सहयोग गर्नु भो त ?

                   पेरिसका नेपालीहरुको नामावली सहित

कतिपयलाई झर्कोपनि लाग्न सक्ला। तर के गर्ने,  नेपाली टोपी र दौरा सुरुवाल लगाएर देशको हित जति बिदेशीलाई बेच्ने नेपाली शासकहरुको कारण र बिगतको लाचारहिन तथा भ्रष्ट सरकारका कारण अहिले तपाई हाम्रै लाखौ नेपाली दाजुभाई दिदीबहिनीहरुले कोशीको मार खेप्नु परेको छ । शासकहरुलाई जति गाली गरेपनि अहिले ति आपतमा परेका पिडित नेपालीको कल्याण हुँदैन । अहिले हामीले तिनलाई सहयोग गर्ने, उनीहरुका पिँडामा थोरै भएपनि साथ दिने भनेको आर्थिक सहयोग नै हो । एनआरएन फ्रान्सले अहिले त्यहि आर्थिक सहयोग संकलन गरिरहेको छ । त्यसमा तपाइँहरु हरेकले केही न केही सहयोग गर्नु होला भन्ने सबैले आशा गर्नु स्वाभाविक छ । एनआरएनले नेपाली दुतावासलगायत केही नेपाली रेष्टुरेन्टहरुमापनि आर्थिक सहयोगको लागि सूचना राखेको रहेछ । तपाइँहरुमध्ये कसैले ति ठाउँहरुमा गएर सहयोग दिनु भएको छ भने एनआरएन फ्रान्सलाई खबर गर्नु राम्रो हुन्छ।

नेपालप्लसले बाढि पिडितकालागि आर्थिक वा अन्य सहयोग गर्ने फ्रान्स निवासी नेपालीको नाम प्रकाशित गर्ने छ । आर्थिक सहयोग गरेर सार्वजनिक होस भन्ने चाहनुहुन्छ भने नेपालप्लसलाई जानकारि दिन सक्नुहुन्छ । बिचार गर्नुहोस, दशै र तिहार हरेक नेपालीको ढोकैमा आइपुगेका बेला तपाइँ हाम्रै दाजुभाई दिदी बहिनीहरु घर न बास, गास न सास को अवस्थामा पुगेर छट्पटाइरहेका छन । यो बेला तपाइ हामीले गर्ने सानो सहयोगपनि उनिहरुकालागि ठुलो हुन्छ । अहिलेसम्म एनआरएन फ्रान्सको यूवा समितिले मलाई आर्थिक सहयोग गर्ने नेपालीहरुको नामावाली दिए अनुसार निम्न अनुसार छन्-

अशोक घले

निर्मल अर्याल

हरिहर अर्याल

इस्टेल कोले (Estelle Colle),बेलायत

बालक्रिष्ण पाण्डे

क्रिष्णप्रसाद अधिकारी

शंखपाल स्रेमिनार को घरमा भएको जमघटमा

भक्त वाग्ले

गोबिन्द हमाल

राजेन्द्र घिमिरे

रबीन शर्मा ओली

क्रिष्ण चापागाइँ

मदन कुमार

अनुराधा पौडेल

एनआरएन फ्रान्सको तलको अपिलपनि हेर्नुहोस-

          अपिल !!! अपिल !!!  अपिल  

आदरणिय महानुभावहरु नमस्कार

देशमा गएको बिनाशकारी कोशीको बाढी पछि अहिले हजारौ‌ नेपालीहरुको उठिबास भएको छ । कतिका बालबच्चा हराइरहेका छन् । कतिका परिवारका सदस्यहरुलाई बाढीले कहाँ पुर्यायो थाह भएको छैन । हिँजो सम्म लाखौ‌को सम्पत्ती हुने नेपालीहरु आज अचानक सुकुम्वासी बन्न पुगेका छन् । बस्तुभाउ र अन्नपातमाथि कोशी दौडेको छ । यस्तो दुखदायी क्षणमा एक नेपालीले अर्को नेपालीलाई मानविय सहयोग गर्नु भनेको पुन्य कमाउनु हो । तराई पहाड नभनी अहिले एउटा नेपालीले अर्को नेपालीलाई सहयोग गर्न क्रम जारी छ । स्वदेश तथा बिश्वभरी छरिएर रहेका नेपालीहरुले धमाधम यतिबेला सहयोग रकम स‌कलन गरिरहेका छन् । यो बिपत्तिमुलक अबस्थामा तपाइ हामीले गर्ने मानविय सहयोग उनीहरुकालागि ज्यादै ठूलो हुनेछ । आउनुहोस उनीहरुलाई आफूले सक्दो रकम सहयोग गरौ‌ । बिपत्तीमा उनीहरुलाई बचाअौ‌ ।   फ्रान्समा भने एनआरएनए फ्रान्सको अगुवाइमा बाढीपिडितहरुकालागि आपतकालिन सहयोग स‌कलन गर्ने निधो भएको छ । यहाँहरुलेपनि इच्छा लागेको रकम चेकमार्फत एनआरएनए फ्रान्सको NRNA France, 105 Rue legendre,  75017 Paris को ठेगनामा सिधै पठाइ या यस स‌गठनका अध्यक्ष अशोक न्यौपाने टेलिफोन न‌ 0663 1403 92 र सदस्य निर्मल अर्याल फोन नँ 0612 9246 40 मा फोन गरि आफूले दिन चाहेको रकम मा थप जानकारि माग्नुहोस ।  

तपाइँको प्रतिक्रिया