कस्तो होला त ज्ञानेन्द्रको संस्मरण पुस्तक ?
नेपालको इतिहासमा दुइ पटक राजा भएका ज्ञानेन्द्र । दरबार हत्याकाण्डको अभियोग उनमाथि छ । जुन हत्याकाण्ड विश्कै इतिहासमा एउटा भयानक हो । नेपालीले उनैले गराएका हुन भन्ने विश्वास गर्दै आएका छन । उनी एक सफल ब्यापारी त हुन नै, एकदम अनुदार र चर्चित तानाशाहपनि । त्यसमाथि देशका बहुमुल्य वस्तुको सफल ओसार पसारकर्ता । एक हठी र विवादास्पद व्यक्तित्व । उनको जिवन रोचकपनि छ आम मानिसका निम्ति । यस्ता ब्यक्तिले जिवनमा भएका, देखे भेटेका, आफुले गरेका, गर्न लगाइएका सबै विषय समेटेर किताब लेख्दा कस्तो होला ? कति पठनिय होला त्यो किताब ? उनी आफ्नो आत्मसंस्मरण लेख्न अहिले ब्यस्त रहेको सार्वजनिक भएको छ ।
तरुण साप्ताहिकले अहिलेको अंकमा त्यही समाचार दिएको छ । उनको आत्मसंस्मरण पाँच भागमा निस्कने रे । त्यो अंग्रेजीमा रे अझ । हुन त उनी आफैले नेपालीमा लेख्न सक्दैन नै । किनभने सुद्दसँग त नेपाली बोल्नैपनि आउँदैन उनलाई । तर कस्तो लेख्लान त उनले आत्मसंस्मरण ? के दरबार हत्याकाण्डको वास्तबिक कुरा लेख्लान ? कि पुस्तकलाई दरबार हत्याकाण्ड ढाकछोपको अर्को माध्यम बनाउलान ? तारानाथ रानाभाटको भटट र रटट भन्ने भाट रिपोर्ट जस्तो । उनले दरबार हत्याकाण्डकै ढाकछोकका रुपमा निकाले भने त त्यसले पक्कै नेपाली जनताको पठनिय मन जित्न सक्दैन नै । बरु थप चिढ्याउने छ । राज्य त्यागेर बसेका उनी झन बिबादमा तानिने छन । तर दरबार हत्याकाण्डबारे भएको के हो ? कसरि योजना गरियो ? कारण के थियो ? त्यो साँझ के कसरि शुरु भयो ? र त्यो घटनाको अन्त्य कसरि भयो ? दाजु भाउजुसँगको उनको झै झगडा कि न कसरि हुने गर्थ्यो । भाई धेरेन्द्रले किन परिवार त्यागे । उनलाई किन मार्नु पर्यो ? छोरोसँगको वास्तबिक संबन्ध कस्तो हो उनको ? वास्तबमा दरबार भित्र के के हुने गर्छ ? यस्ता घटनाहरु नढाँटि लेखे भने उनको पुस्तक विश्वभरिनै वर्ष पुस्तक हुन बेर लाग्दैन । र उनी विश्वभरिकै पूर्व राजा रजौटा, तानाशाह र ब्यापारीहरुकालागिपनि एक प्रेरक र प्रशंसक बन्न सक्छन । त्यसबारे तरुण साप्ताहिकको पूर्ण रिपोर्ट पढ्ने भए यहाँ क्लिक गर्नुहोस ।
तपाइँहरुलाई कस्तो लाग्छ ? के के समेट्नुपर्ला उनले आफ्नो संस्मरणमा ? केही सुझाव राखिहाल्ने कि ?





