प्रचण्ड प्रधानमन्त्रि
नेकपा माओवादीका अध्यक्ष प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रि निर्वाचित भएको घोषणा गरिएको छ ।
नयाँ १-भखरै भएको मतदानमा नेपाली कांग्रेसका शेर बहादुर देउवाले जम्मा ११३ मत ल्याएका छन । संबिधान सभामा कूल ५५१ छ । यसबाट प्रचण्ड गणतन्त्र नेपालको पहिलो पधानमन्त्रि हुने भएका छन ।
पुरानो ब्लग
निर्वाचान शुरु, केहिबेरमै प्रचण्ड प्रधानमन्त्रि
प्रधानमन्त्रि पदका लागि अहिले भर्खरै केहिबेर अघिदेखि निर्वाचन शुरुभएको छ । तोकेको समय भन्दा डेढ घण्टा ढिलो गरेर मतदान प्रक्रिया शुरु हुन लागेको हो । नेकपा (माओवादी), नेकपा (एमाले) र मधेशी जनअधिकार फोरमबिच कुन कुन मन्त्रालय कस कसलाई दिने भन्ने विषयमा सहमति गर्न समय लागेकाले तोकिएको समयभन्दा ढिलो शुरु भएको हो । उनीहरुले त्यस विषयमा सहमति कायम गरिसकेर मतदानमा गएको बताइएको छ तर व्रिस्त्रित विवरण भने सार्वजनिक भइसकेको छैन । मतदान विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हुँदैगरेको हो । संभवत: डेढ देखि दुइ घण्टाभित्रमा त्यसको परिणाम सार्वजनिक गरिने छ । तर प्रधानमन्त्रि नेकपा (माओवादी) का अध्यक्ष प्रचण्ड हुने निश्चित भइसकेको छ । उनको पक्षमा नेकपा (एमाले), मधेशी जनअधिकार फोरम, नेपाल सद्भावना पार्टी (आनन्दिदेवी), नेकपा (संयुक्त), नेकपा (एकताकेन्द्र मसाल) लगायत थुप्रै साना दलले समर्थन गरेका छन । प्रचण्डले दुइ तिहाई भन्दापनि बढि मतको समर्थन पाउने देखिएको छ ।




