ज्ञानेन्द्र पथतिर पुर्‍याउने माओवादी चिन्तन

आफ्नै हातले आफ्नै घाँटीमा माला पहिर्‍याउनु ! आफैंले कुनै संस्था खोल्नु अनि उदाहरणिय काम गरेको भन्दै आफैले आफैलाईimages.jpg पुरष्कार दिएको घोषणा गर्नु ! आफुले किताब लेख्नु, छोराको नाममा प्रकाशक बनाएर बिमोचनका दिन लेखक महान भन्दै भाषण छाँट्नु कत्तिको सुहाँदो कुरा हो ? सुहाओस नसुहाओस, नेपालमा त्यस्तै हुने गरेको छ । पहिले त यस्तो काम अलि बढि मण्डले पाराकाले गर्थे । जबर्जस्ति नाम कमाउनुपर्ने, अरुलाई आफ्ना नाममा लेखाएर लेखक, कवी, साहित्यकार बन्नुपर्ने चोर लेखक र साहित्यकारहरुको काम हो त्यो । तर अचम्म, त्यो रोग अब देशमा नयाँ संस्क्रिति, नयाँ चिन्तन, नयाँ संस्कार र नयाँ नेपालको निर्माण गर्छौं भन्ने माओवादीमापनि सल्किएछ । अस्ति आइतबार धर्मरत्न यमीको कविता संग्रह बिमोचन गराउन गइन हिसिला यमी । साथमा थिए उनका पती डा बाबुराम भट्टराई । माओवादीका दोस्रो नेता भए उनी । हिसिला भइन माओवादीकि बरिष्ठ नेत्रि । मन्त्रि भइसकेकि । तर हिसिलाका बुवा हुन धर्मरत्न र बाबुरामका ससुरा भन्ने कुरा कहिँ कतै खोलिएन । कविता संग्रह बिमोचन कार्यक्रममा हिसिलाले खुब खोकिन आफ्नै बाबुको तारिफमा । धर्मरत्न यमी बिद्रोही नेता हुन भनेर उनी कुर्लि न । उनका क्रिति बिद्रोही धारका भनेर आफैले ठोकिन भाषण । त्यो कुरा साँचो होला । तर के बाबुको क्रिति त्यति तगडा हो, आफ्ना बाबु वा ससुरा त्यति बिद्रोही धारका क्रिति लेख्छन भने अरु कसैले बिमोचन गर्न सकेन ? आफ्ना बाबु र ससुराको क्रिति र ब्यक्तित्वको के आफैंले प्रशंसा गर्नु पर्छ ? त्यस्तो महान क्रिति र बिशाल ब्यक्तिका बारेमा किन कोही तयार भएन चर्चा गर्न ?
के यो आडम्बर होइन ? आफ्नो परिवारको आफै तारिफ गरेर कस्तो संस्क्रितिको बिकास गर्न खोजेका नयाँ नेपालका निर्माताहरुले ? नयाँ नेपाल निर्माणको साँचो पाए भने आफ्ना परिवारका कति सदस्यलाई त्यसैगरि जबर्जस्ति स्थापित गर्लान यामी दम्पतिले ? उनका पिता साँच्चिकै महान होलान तर आफ्नै छोरी र ज्वाई स्वयंले त्यसरि प्रशांसा गराउँदा उनको सम्मान हुँदैन बरु घट्छ ।
के यस्तै पाराले नयाँ नेपाल बन्छ ?  नयाँ संस्क्रिति र संस्करको जग बसाउन सकिन्छ ? पूर्व राजा ज्ञानेन्द्रले आफ्नै श्रीमती, बुहारी, छोरा र छोरीलाई दिने गरेको पुरष्कार र यमी दम्पत्तिको यो तारिफमा के अन्तर छ ? यस्तो सोचाइ, चिन्तन र संस्कारले त ज्ञानेन्द्र पथतिर पुगिन्छ, पुगिँदैन नयाँ नेपाल ।

तपाइँको प्रतिक्रिया