कांग्रेस-माओवादी तानातानमा एमाले कता ?

राष्ट्रपतिले तिन दिन थप गरे नयाँ सरकार बनाउने समयसिमा । यो बिचमा निकै चलखेल भएको छ स्वदेशी बिदेशी सबैतिरको । अहिले नेपाली कांग्रेस र नेकपा (माओवादी) को दोहोरो तानातानमा परेको छ एमाले । आजै बिहान नेकपा (माओवादी) का अध्यक्ष प्रचण्ड झलनाथ खनालको छाउनीस्थित निवास पुगेर वाम घटकहरुको सरकार बनाउने प्रस्ताब गरे । नेपाली कांग्रेसकै कारण सरकार बनाउन ढिलाइ भएको, कांग्रेसले सरकार छोड्नै नचाहेको र राष्ट्रिय सहमतिको सरकारपनि नेपाली कांग्रेसकै कारण बन्न नसकेको प्रचण्डले बताउँदै उक्त प्रस्ताब राखेका थिए खनाल समक्ष ।

उता आजै नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्रि गिरिजाप्रसाद कोइरालाले एमालेका पूर्व महासचिब लगायत बिभिन्न नेताहरुलाई भेटेर माओवादी बिनाको सरकार बनाउन प्रस्ताब गरे । त्यस लगत्तै एमालेका नेपाली कांग्रेसका अर्का नेता तथा शान्ति मन्त्रि रामचन्द्र पौडेलले एमालेका महासचिव झलनाथ खनालसँग सम्पर्क गरेर यदि माओवादीले सरकार बनाउन नसके माओवादी बाहेकको सरकार मिलेर बनाउन प्रस्ताब गरेका छन । यहि दुइ पार्टीको तानातान देखेर अहिले एमालेको पनि मूल्य निकै चुलिएको छ । र त उसले अब माओवादीले सरकार बनाउन नसके अबको सरकारको नेत्रित्व एमालेले गर्न पाउनुपर्ने दाबी गरेको छ ।

माओवादीसँग मिलेर सरकार बनाए एमाले र माओवादी भए पुग्छ । तर नेपाली कांग्रेससित गए मधेशी जनअधिकार फोरमलाईपनि लिनुपर्ने हुन्छ । फोरम र नेपाली कांग्रेससँग मिलेर सरकर बनाउनु भनेको एमालेको लागि माओवादीसँगको सहकार्य भन्दा झन कठिन हुनसक्छ नै । महत्वपूर्ण मन्त्रालय जति फोरम र कांग्रेसले नै लिन्छन । प्रधानमन्त्रि पद दाबी त फोरमले पहिल्यै गरिसकेको छ । कांग्रेसले त झन छोड्ने कुरै भएन । एमालेलाई दिने भनेको छोक्रा नै हो । जेहोस अहिले कांग्रेस र माओवादी तानातानमा एमाले परेको छ । तर लाग्ला एमाले कतातिर त ?

तपाइँको प्रतिक्रिया