केहि दिनभित्रै बन्ने भो माओवादी सरकार
अन्तत: अब माओवादीको नेत्रित्वको सरकार बन्ने भएको छ । निर्वाचन भएको यति धेरै समय हुँदापनि नयाँ सरकारका बारेमा अन्यौल हटेको थिएन । राष्ट्रपतिले माओवादीलाई नयाँ सरकार बनाउन हप्ता दिनको समय तोकेर आव्हान गरेपछि भने माओवादीले आफ्नो नेत्रित्वमा सरकार निर्माणको पहललाई निकै बढाएको थियो । अरु पार्टीको घेराबन्दिमा नपरि कसरि सरकार बनाउने र आफ्नो सरकार निर्माण हुनासाथ जनतालाई कसरि राहत पुगेको अनुभव गराउने भनेर माओवादीहरुले निकै छफलफल गरेछन आफुले बनाउने सरकारबारे । हिजो बिहिबार र आज शुक्रबार दुइ दिन लगातार बसेको माओवादी पार्टीको सेक्रेटरियटस्तरको बैठकले अब सरकार बनाउने निर्णय गरेको छ ।
सकभर माओवादीको निति र कार्यक्रममा साथ दिने गरि राष्ट्रिय सरकार बनाउने निर्णय गरेका छन उनीहरुले । त्यो संभव नभए वा माओवादीहरुले राखेका न्युनतम निति र कार्यक्रममा अन्य पार्टीले असहमति जनाए माओवादीहरुले बहुमतको सरकार बनाउने निर्णय गरेका छन । त्यो भनेको एमालेलाई साथमा लिएर नै हो । नेपाली कांगेस र मधेशी जनअधिकर फोरमले त सकेसम्म माओवादीलाई सरकार बनाउन दिदैनन नै ।
त्यो दोस्रो बिकल्पले पनि काम नगरे संबिधान सभामा सबै भन्दा ठुलो दलका रुपमा रहेकाले त्यसैका आधारमा सरकार बनाउने निर्णय गरेका छन । तर मेरो बिचारमा यो तेस्रो बिकल्पले भने काम गर्ने छैन । किनभने संबिधान सभामा माओवादीको स्पष्ठ दुइ तिहाइ नपुग्ने भएपछि भुरे टाकुरे दल, फोरम, नेपाली कांग्रेस र एमालेले माओवादीलाई एकमना सरकार चलाउने दिने छैनन । अहिलेनै माओवादी बाहेकको सरकार बनाउन धमर्धुस गरिरहेको छ नेपाली कांग्रेसले । त्यसका लागि प्रधानमन्त्रि गिरिजाप्रसाद कोइराला नै भिडिरहेका छन । त्यसैले, मुलत नेपाली कांग्रेसले त त्यो संभव हुन पटक्कै दिने छैन । बरु फोरम र एमालेलाई केहि मन्त्रि पद दिएर भएपनि उसैले सरकार बनाउने छ । अहिलेको सबै भन्दा ठुलो संभावना र हुनु पर्ने भनेकै एमाले र माओवादीको संयुक्त सरकार हो । यि दुइ दल मिले भने बहुमत पनि पुग्छ । माओवादीको भरखरै सकिएको सेक्रेटरियट बैठकलेपनि यहि बिकल्पलाई प्रमुख ठानेको रहेछ र उसले अब नयाँ सरकार निर्माणका लागि तुरुन्तै एमालेसित गम्भिर छलफल चलाउने निर्णय गरेको छ । लौ, अब माओवादी नेत्रित्वको सरकार हामीले केहि दिनभित्रै हेर्न पाउन कत्ति बेर छैन है ! अनि हेरिन्छ माओवादीले के दिने रहेछ त जनतालाइ भनेर ।




