नागरिक असुरक्षित, सुरक्षाकर्मीजति नेताका पछाडी मात्रै ?
-देवजंग थापा
वानेश्वर, देवीनगर
नेपालको राजधानी काठमाण्डौमा अहिले र्सवसाधरणहरु असुरक्षीत भईरहेको महसुस गरिरहेका छन । तर नत सरकारले यसको लागि ठोस कदम चालेको छ नत प्रहरी प्रसाशन नै । यसको विरुद्धमा उठेको छ त केवल नागरिक समाज ।अनि त्यसको विरुद्धमा बोले बापत कित ज्यान गुमाएको स्थिती छ नत्र अंग भंग भएका घटना प्रसश्त सुन्नमा आईरहेका छन। यस्तो ठुलो दुर्घटनामा देश फसी रहँदा पनि सुरक्षा निकायहरु नेताको सुरक्षामा मात्र लिप्त भएको देख्दा अचम्म लाग्छ । देश भरिका सुरक्षाकर्मी हाम्रो देशका सम्पूर्ण चोकहरुमा राख्नुहो भने कम्तीमा पनि ३ जना बस्न सक्छन तर ति सबै सुरक्षा कर्मीलाई एउटा नेताको अगाडि र पछाडी डुलाईन्छ । के हामीले यि नेतालाई उनिहरुको सुरक्षाका लागि सुरक्षाकर्मी खटाउ भनेर दिन दिनैको कमाई बाट राजश्व बुझाएका हौ ?
यदि यस्तै दण्डहिनताको स्थिती आईरन्हन्छ भने किन हामीले सरकारको भर पर्ने ? कीन हामीले सरकारलाई राजश्व बुझाएर उनिहरुको धन जनको मात्र सुरक्षा गर्न दिने ? हाम्रा घरहरु तोडिई रहेका छन । सम्पति लुटिई रहेका छन। प्रसाशनमा खबर गर्यो उल्टै त्यसको स्पस्टि करण दिँदैमा हाम्रो दिन जान्छ । सुरक्षाकर्मी को उपस्थिति हुदाँसम्म सबै नष्ट भईसकेको हुन्छ । प्रसाशनीक कमजोरी भनौं या सरकारको भागबण्डा र दैनीक शक्ति बाँडफाँडको झगडा एक दृष्टिकोणले हेर्ने हो भने अहिलेको सत्ता भन्दा पहिले ठिक थियो जस्तो भान हुन्छ ।
हामीले विशाल जनआन्दोलनगर्यौं । त्यसको जस पर्टिहरु लिन खोज्छन । वास्तवमा नत गिरिजाप्रसाद कोईरालाले यो अवस्थामा देशलाई पुर्याएका हुन, न प्रचन्ड, नत माधबकुमार नेपालले । हामीले ज्यान फ्याल्यौ । खाली पदलुप्त भएरअघि बढेको देखीन्छ । अधिकारको नाममा केहि पार्टिहरु देश टुक्राउन खोज्दैछन । यदि तिमीहरु अधिकार खोज्नैहरु नै हौ भने मधेसमा भएका बिद्रोहीहरुलाई पनि सहमतीमा ल्याएर सुनिश्चिततातिर लैजाउ । अब त होला, अब त मील्लान भन्यो कहिल्यै नेपाली जनताले सुख र शान्तीको श्वास र्फेर्न नदिने यिनै मुर्कुटाहरु हुन । राजधानीमा मात्र दैनीक सयौं डकैती र लुटपाटका घटना भईरहेका छन । आफ्नो काम हामी सबैलाई एक एक वटा हतियार बाँडिदिए भैगयो नि । किन खर्च गर्ने सुरक्षाका नाममा देशकै सबै बजेट ? राजधानीमा त यो अबस्था छ बाहिरी जिल्लामा कस्तो होला ? यदि यसको बारेमा सरकार र सुरक्षा निकायले नसोचे यसको बिरुद्धमा पनि हामीले आन्दोलन आवश्यक देखीन्छ ।
(देवजंग जी, क्रिपया तपाइले आफ्नो परिचय अलि खुलाउनुस न मिल्छ भने । आफु बसेको ठाउँको नाम लेख्न मिल्थ्यो कि ? -नेपालप्लस) ।





