जितायो कसले ? किन नौटंकी ?

चरेसानन्दझालाई कसले जितायो ? नेपाली का‌‌‌‌‌ंग्रेस । एकमात्र सक्कली कम्युनिष्ट नेकपा एमालेले । मुल रुपमा जिताउने यिनै हुन । अझ भनौ‌ भने एमालेको मत त्यहाँ निर्णायक थियो । एमालेले नदिएको भए चरेस काण्डका पक्षधर ति झाको कुनै दाल गल्दैनथ्यो । तर जिताए । जनताको अन्तिम न्यायको थलोलाई अनास्था फैलाउने तिनै झालाई अत्यधिक मत दिएर जिताइयो । तर उही खास्टोले छोपेको बिरालो खास्टो खोलेपछि म्याउ गर्छ भने झै भयो ।

उनले सिधा नेपाली भाषालाई चुनौति दिए। आफ्नो मात्रि भाषालाई पनि लत्याए । र बिदेशी भाषामा सपथ खाएर सक्कली रुप देखाए उनी को हुन भनेर । तर अचम्म, यसको तिब्र बिरोध त भयो । बिरोधपनि कतिपयको स्वतस्फूर्त त कसैको देखावटि। एमालेकै अनेरास्ववियुले त्यसको बिरोध गर्‍यो । अध्यक्ष झलक गैरे खुबै मच्चिए । तिनले चर्कि चर्कि नारा र जुलुस गरे । उफ्री उफीकन सञ्चार माध्यममा हाम्रो राष्ट्रियतामाथिको ठाडो उल्लंघन भन्दै । मच्चि मच्चि अँगालोका अँगालो टायर ल्याएर सडकमा बाले । नेबिसंघ त यस्तो काममा झन अघि सर्ने नै भयो ।  अन्तत: केहि दिन नाटक देखाउँदै जनतालाई दुख दिएर आफ्नै पार्टीका नेताहरुबाट निर्देशन आएपछि प्रदर्शन बन्द गर्ने निर्णय गरे । 

तर अचम्म, यिनले यो देखावटी के गरेका होलान ? किन गरेका होलान ? आफ्नो पार्टीलाई त्यहि गन्हाएको ब्यक्ति नभइ भएन अनि तिनैका संगठनले बिरोध गर्नुको औचित्य के ? आफैले जिताएर आफ्नै बिरोध ! नेबिसंघ र अनेरास्ववियुको के पार्टी निति र निर्देशन बिरुद्द जाने आँट छ ? नेपाली राष्ट्रियता बिरुद्द बोल्ने त्यस्तो ब्यक्तिलाई किन जिताएको भनेर आफ्ना नेताहरुलाई सोध्ने मात्रैपनि हिम्मत छ ?

त्यत्रो बिरोध गर्ने भए किन चरेस काण्डमा मुछिएकालाई उपराष्ट्रपति नबनाउँ भनेर पार्टीलाई दबाब दिन सकेनन ? कहाँ, कुन दूलोमा लुकेका थिए यि उनलाई उम्मेदवार छनोट गर्दा ? अहिले परमानन्द झालाई कारवाही गर्नुपर्छ भनिरहेका छन उनीहरु । माफी पहिले परमानन्द झाले माग्ने हो कि उनलाई जिताउनेले ? नेपाली राष्ट्रियता बिरुद्दको त्यो प्रदुषणलाई राष्ट्रको दोस्रो दर्जामा पदारपण गराउने को ? यदि उनलाई कारवाही गर्नुपर्छ भने त्यस्ता ब्यक्तिलाई टाउकोमा बोकाएर बाह्र हात माथि उफ्रिदै भोट हालेर जिताउनेलाई के गर्ने ? त्यस्तो गलत ब्यक्तिलाई जिताउनेलाई चाहिँ चोखै राख्ने ? हो, त्यसो भए उनलाई भोट हाल्ने आफ्ना नेतालाई कारवाही गर्नुपर्छ भनेर बोल्ने आँट छ ? जिताएको कसले ? जनताले जिताएका हुन परमानन्द झालाई र बाटो घाटोमा राँको बाल्ने ? किन जनता ढाँट्न निस्कने सडकमा टायर बाल्दै हिम्मत भए आफ्नै पार्टीका नेताहरुलाई कारवाहीको आवाज उठाउ जसले झालाई शिरमा बोकेर हिँडे । होइन भने किन दिन्छौ जनतालाई दुख ? किन डढाउँछौ राष्ट्रिय सम्पत्ति ? किन देखाउँछौ यो नौटंकि ?

तपाइँको प्रतिक्रिया